News

१३ असोज, चितवन। नेपाली सेनाको हेलिकप्टरले काभ्रे जिल्लाको बीपी राजमार्गमा फसेकाहरूको उद्धार सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अहिलेसम्म रोशी गाउँपालिकाको मंगलटार क्षेत्रबाट ८१ जनाको उद्धार गरेर धुलिखेल ल्याएको छ । बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्डमा १ हजारभन्दा बढी नागरिक बसेको र उद्धार गर्नुपर्ने अवस्था रहेकोजिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक दिनेशबहादुर कुँवरले बताउनुभयो । सुरुमा नेपाली सेनाको हेलिकप्टर मार्फत मंगलटारमा खाद्यान्न पुर्‍याएर राजमार्गमा फसेकाहरूको उद्धार सुरु भएको कुंवरको भनाइ छ । उद्धार गरिएकामध्ये १३ जना बिरामी समेत छन् । जिल्लामा ठूलो मानवयि र भौतिक संरचना क्षति भए पनि यकिन विवरण संकलन हुँदै गरेको कुवंरले बताउनु बताउनु भयो । विभिन्न स्थानीय तहसँग समन्वय गर्ने प्रयास भए पनि विद्युत् र दूरसञ्चार सेवा समेत अवरोध हुँदा समस्या भएको छ । जिल्लाका प्रमुख दुई राजमार्ग बीपी र अरनिको सहित अधिकांश स्थानीय तह जोड्न सडक समेत अवरुद्ध छ ।

असोज १३, चितवन । शुक्रबार रातीबाट त्रसित बनाउँदै लगेको सप्तकोशी नदीमा पानीको बहाव कम हुँदै गएको छ । तथापि, अहिलेपनि नदीमा पानी बहाव अत्याधिक उच्च खतरामा रहेको कोशी ब्यारेजले जनाएको छ । चतरास्थित जलमापन केन्द्रका अनुसार कोशीमा दिउँसो गरिएको मापन अनुसार पानीको बहाव ५ लाख ८२ हजार क्यूसेकमा आएको छ । यसअघि बिहान पानीको बहाव ६ बजे ६ लाख ५५ हजार ५ क्यूसेक रहेकोमा पछिल्लो केही घण्टायता बहावमा कमी आउँदै गएको केन्द्रले जनाएको छ ।

नदीमा पानीको बहाव कम हुँदै गएपनि अझै खतराबाट मुक्त भइसकेको अवस्था नरहेको केन्द्रले जनाएको छ । यद्यपि, अझैपनि कोशी ब्यारेजबाट यातायात सूचारु गर्न केही समय लाग्ने सुनसरी प्रशासनले जनाएको छ ।

 

चितवन, असोज ९ । तस्विर सामाजिक सञ्जाल ।

नारायणगढको लायन्सचोक स्थित पुंगी खोला अतिक्रमण गरी निर्माण गरिएको लायन्स भवन भत्काइएको छ । भरतपुर महानगरपालिकाले डोजर प्रयोग गरी लायन्स क्लबको पाँच तले भवन आज भत्काएको हो ।अतिक्रमित संरचना हटाउन दिइएको समयभित्र पनि नहटाइएपछि महानगरले बल प्रयोग गरी भवन भत्काएको हो । भवन भत्काउने क्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारी पनि उपस्थित भएका थिए । यो भवन तीन धुरमा निर्माण गरिएको हो ।
मापदण्ड विपरित र अनधिकृत संरचना हटाउने कामलाई महानगरले निरन्तरता दिने नगर प्रमुख दाहालले बताइन् । ‘वर्षौदेखि सरकारी जग्गा हडपेर ठूला–ठूला भवन बनाउने अनि भाडामा लगाएर खाने जुन प्रचलन छ । त्यसलाई तोड्नुपर्ने बताउंदै नगर प्रमुख दाहालले यो काम जटिल भए पनि गरेरै छाड्ने बताउनु भयो ।
सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने महानगरको लक्ष्य अनुसार लायन्स भवन मापदण्ड विपरीत निर्माण भएको लायन्स भवन भत्काइएको दाहालको भनाइ छ । महानगरले पुंगी खोला सौन्दर्यकरणको काम पनि गरिरहेको छ ।

 

Subcategories