News

 

३० असोज, धनगढी । डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमरगढी नगरपालिका(७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख १०७८ नम्बर बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका(३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको जानकारी दिए ।
उनकाअनुसार गम्भीर अवस्था डडेल्धुरा अस्पताल पुगाइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । बस महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ गइरहेको थियो ।बसमा १७ जना सवार रहेकोमा एक जना सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

 


चितवन, असोज १९ । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको शनिबार शिलान्यास गरिएको छ । भवनको बोर्डका अध्यक्ष एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले भवन पुरानो र जिर्ण भएकाले नयाँ भवन निर्माण गर्न बोर्डबाट निर्णय भएको स्मरण गर्नुभयो ।
भरतपुरमा शुद्ध खानेपानीको पहुँच ९२ प्रतिशत पुगेकाले अब केही समयपछि शतप्रतिशत पुग्ने उहाँको भनाई थियो । भरतपुरमा विगत ७ वर्षमा अर्बौका खानेपानीका आयोजना निर्माण सम्पन्न भईसकेको र यस वर्ष पनि विभिन्न स्थानमा नयाँ आयोजना निर्माण गरिने प्रमुख दाहालले बताउनुभयो । महानगरले चालु आर्थिक वर्षमा विपन्न नागरिकले धारा जडान कार्य गर्न रु ५० लाख विनियोजन गरेको जानकारी दिनुभयो । भरतपुर वडा नम्बर १० मा रहेको मुख्य कार्यालयको पुरानो भवन भत्काई सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो । पुरानो भवन तत्कालिन नेपाल खानेपानी संस्थान भरतपुर शाखाको लागि निर्माण गरेको थियो । बोर्डले वर्षेनी आफ्ना क्षेत्र र उपभोक्ताको संख्या विस्तार गर्दै भएपनि जिर्ण भवनबाटै सेवा दिदै आएको थियो । बोर्डका निमित्त कार्यकारी निर्देशक सञ्जय बरालका अनुसार भवन ३ तले बन्ने छ । भवन ५ हजार २ सय ९९ वर्ग फिटमा बन्ने छ । भवन निर्माण गर्न रु २ करोड ८० लाख ४१ हजार बोलपत्र आह्वान गरिएको थियो । भवन निर्माणको जिम्मा चारुमति कन्ट्रक्सन बानेश्वरले रु २ करोड १८ लाख ७५ हजार ५२४ मा पाएको हो । २०८१ भदौ १६ गते सम्झौता मितिले १८ महिनाभित्र निर्माण सम्पन्नु गर्नुपर्ने उल्लेख छ । नयाँ भवन निर्माण भएपछि फरक क्षमता भएका सेवाग्राहीलाई सहज हुने बताइएको छ । यसअघि साघुरो र जिर्ण भवनबाट सहज सेवा दिन समस्या हुँदै आएको निर्देशक बरालले बताउनुभयो । बोर्डका हाल ४० हजार भन्दा बढी सेवाग्राही छन् ।

चितवन, असोज १७ । पूर्वी चितवनको रत्ननगरस्थित बछौलीमा १ करोड रुपैयाँको लागतमा युआर अटोमेटिक लन्ड्री सेवा सुरु गर्न लागेको छ । भोलि शुक्रबार एक औपचारिक कार्यक्रमका बीच लन्ड्री सञ्चालन आउन लागेको कम्पनीले जनाएको छ । मुख्य कार्यालय बाराको सिमरामा रहेको कम्पनीले चितवनमा शाखा विस्तार गरेको हो । अत्याधुनिक मेशिनको प्रयोग गरी कुनै पनि प्रकारको लुगाको सुरक्षित धुलाई गर्ने कम्पनीले जनाएको छ । दुबईको फुजेरामा १० वर्ष लन्ड्रीको काम गरी स्वेदेश फर्किएर बाराका उमेश चौलागाईले युआर अटोमेटिक लन्ड्री सुरु गर्नुभएको थियो । भरतपुर, टाँडी, पर्सा लगायतका स्थानमा कलेक्सन कार्यालय राखी बछौलीमा उद्योगमार्फत कपडा धुने काम गरिने कम्पनीका प्रोपाईटर चौलागाईले बताउनुभयो ।कम्पनीले उपभोक्तालाई गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेर अघि बढेको उहाँको भनाई छ । कम्पनीले नेपालका अन्य १० सहरमा शाखा विस्तार गर्ने लक्ष्यसहित चितवनमा पनि शाखा विस्तार गरिएको हो । कम्पनीको लागत १ करोड रुपैयाँ बढी भइसकेको छ । थप नयाँ मेशिनहरु आउने क्रम जारी रहेकाले लागत बढ्ने उहाँले बताउनुभयो । अहिले एउटा मेशिनले १ सय ५० केजी लुगा एक पटकमा धुने गर्दछ । अहिले ८ ठुला र प्रर्याप्त साना वासिङ मेशिनबाट कुशन, कोर्ट, पाईन्ट, दौरा सुरुवाल, सितारा जडित साडी, कुता, लेदर ज्याकेट, तन्ना स्विटर कार्पेट, ब्लाङकेट धुलाई गरी स्टिम आइरन पनि गरिने कम्पनीले जनाएको छ । कम्पनीले अहिले ३१ जनालाई रोजगारी प्रदान गरेको छ । २४ सै घण्टा धुलाईको सेवा दिने कम्पनीले आधा घण्टामा कपडा लगाउन मिल्ने गरी उपलब्ध गराउन सक्छ ।

Subcategories