News


कार्तिक २३, रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा यही मंसिर ७ गतेदेखि पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापारिक महोत्सव हुने भएको छ । द हेल्पिङ युथ क्लब रत्ननगरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रालिको आयोजनामा रत्ननगर वडा नं १ स्थित बसपार्कसंग जोडिएको खुल्लाचौर हुन लागेको हो । आयोजकले शुक्रबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी र उद्देश्यका बारेमा जानकारी गराएको हो । क्लवले गर्न लागेको उक्त महोत्सव दोस्रो संस्करण हो । कृषि, पर्यटन र औद्योगिक क्षेत्रलाई प्रवद्धन गर्ने, धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने, कला, संस्कृति र सभ्यतालाई प्रवद्धन गर्ने, उत्पादक तथा सेवाप्रदायक र उपभोक्ता बीच बलियो सम्बन्ध निर्माण गर्ने लक्ष्यका साथ आयोजना गरिएको महोत्सवमा स्थानीय उत्पादनलाई जोड दिइने क्लवका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक संजय लोप्चन तामाङले जानकारी दिए । महोत्सवमा स्वदेशी उत्पादनको पहिचान, उद्योगी व्यवसायी र उपभोक्ता बीच प्रत्यक्ष सम्बन्धको विस्तार गरी उपभोक्ताहरूको चाहना अनुसार उत्पादन तथा सेवा प्रति विश्वास अभिवृद्धि गर्ने, स्थानीय एवम् राष्ट्रिय स्तरका उत्पादनको बजार प्रवर्धन गर्ने, देशभरिका व्यवसायीहरु बीच आपसी समन्वयको भावना जागृत गराउने, व्यवसायीहरू बीचको अवसर, समस्या र चुनौतीबारे अन्तरक्रिया गर्ने, कृषिलाई आधारशिलाको रुपमा विकास गर्नका लागि सहयोग पुर्याउने, कृषि लघु तथा घरेलु उद्यमहरूको बजार प्रवद्धन गर्ने, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको उनले जानकारी दिए । १५० वटा स्टल रहने सो महोत्सवमा महिला उद्यमीहरुलाई निःशुल्क स्टलको व्यवस्था गरिएको क्लवका सल्लहाकार तथा महोत्सव मुल समारोह समितिका सहसंयोजक सुर्यमान तामाङले जानकारी दिए । कला, संस्कृति, भाषा, भेषभूषा, मौलिक पहिचान झल्किन सांस्कृतिक गतिविधि सहित स्थानीय प्रतिभा, नव प्रतिभाको खोजी गर्ने कार्यलाई विशेष प्राथमिकता दिइने छ । करिब तीन करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको व्यापार महोत्सवमा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडीबुटी तथा कृषि उत्पादन, औद्योगिक मेसिनरी तथा उपकरण, हस्तकला उत्पादन, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, सूचना प्रविधि, फर्निचर तथा फर्निसिडको सामग्री, निर्माण सामग्री, शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था, होटल तथा रेस्टुरेन्ट, बाल उद्यान सहित राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरू तथा स्थानीय कलाकारहरूको बेजोड सागीतिक एवं मनोरन्जनात्मक कार्यक्रमहरूको प्रस्तुति रहनेछ । महोत्सव अवधिभर पाँच दर्जन भन्दा बढी राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु सहित हरेक दिन म्युजिकल व्यान्डको समेत प्रस्तुति रहनेछ । महोत्सवमा खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिनेछ । महोत्सव अबधिभरमा एक दिन विशेष सागीतिक कार्यक्रम सञ्चालन गरिनेछ । महोत्सवमा करिब २ लाख दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

चितवन, कात्तिक १७ ।

तिहारको अन्तिम दिन भोलि भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। ‘भाइटीकाको दिन कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थान तथा तराईका केही भूभाग, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ’, मौसमविद् सञ्जिव अधिकारीले भने, ‘काठमाडौं उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ।’ तर वर्षा क्षणिक हुने, निरन्तर पानी नपर्ने उनले जानकारी दिए। अधिकारीका अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ। महाशाखाले शुक्रबार साँझ जारी गरेको मौसमी बुलेटिन अनुसार पनि शनिबार साँझसम्म कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

 

१७ कात्तिक, काठमाडौं । आज कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात तिहारको चौंथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर सङ्कल्प पढिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

 

आजै गोरु र कृषकको पूजाआजा पनि गरिंदैछ । वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ ।

गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

गोवर्द्धन पूजा

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।

द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदा÷सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । रासस

Subcategories