News

२६ असार, काठमाडौं । मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।

उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए-एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कमा छैन । हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

 

भरतपुर, असार २५ ।  तस्विर :अंकित भगत ।

वन्यजन्तुका लागि चितवनका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९र८० मा छ वटा सामुदायिक नयाँ पोखरी निर्माण गरेको हो । कालिका नगरपालिका–१ को चर्तुमुखी सामुदायिक वन, इच्छाकामना गाउँपालिका–७ को कालिका पिपलटार सामुदायिक वन र कालीखोला देउराली सामुदायिक वन, रत्ननगर नगरपालिका–११ को पञ्चकन्या सामुदायिक वनमा नयाँ पोखरी निर्माण गरिएको हो । पञ्चकन्या सामुदायिक वनमा दुईवटा पोखरी निर्माण गरिएको छ भने अन्य वनमा एउटा–एउटा पोखरी निर्माण गरिएको छ । केही ठाउँमा पानीको प्राकृतिक स्रोतबाट र केही ठाउँमा सोलार बोरिङको माध्यमबाट पोखरी निर्माण गरिएको सहायक वन अधिकृत बालकृष्ण खनालले जानकारी दिए । वन्यजन्तुलाई पानी खान, आहाल खेल्न र प्रकृतिको रिचार्जका लागि पोखरी निर्माण गरिएको उनले बताए । भरतपुर महानगरपालिका–२९ को वागेश्वरी सामुदायिक वनमा पनि नयाँ पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले क्यामेरा ट्रयापिङमा दुइवटा पाटेबाट देखेपछि सो क्षेत्रमा पोखरी निर्माण गरिएको वन अधिकृत खनालले बताए । यहाँ सोलार बोरिङसहितको पोखरी निर्माण गरिएको छ । वन कार्यालयले नयाँ पोखरी निर्माणसँगै पुराना पोखरीमा पानीको स्रोत व्यवस्थापन र संरक्षणका काम पनि गरेको अधिकृत खनालले जानकारी दिए । उनका अनुसार इच्छाकामना गाउँपालिका–७ को सोमरी सामुदायिक वन, राप्ती–७ को बागदेवी सामुदायिक वन, राप्ती–१० को सत्यदेवी सामुदायिक वन, कालिका नगरपालिका–८ को देवीढुङ्गा सामुदायिक वन, कालिका–८ कै मङ्गलादेवी सामुदायिक वन, भरतपुर–१६ को सिद्धीगणेश सामुदायिक वन, कालिका–५ को भीमवली सामुदायिक वन र कालिका–२ को थाङ्खोला सामुदायिक वनमा पुराना पोखरीको व्यवस्थापन गरिएको छ । पोखरी निर्माणका लागि डिभिजन वन कार्यालयले रु ३१ लाख खर्च गरेको छ । यो आर्थिक वर्षमा पनि पोखरी निर्माण र व्यवस्थापनको कामलाई निरन्तरता दिने वन अधिकृत खनालको भनाइ छ । नयाँ सिमसार क्षेत्रको खोजी गर्ने र पुराना सिमसारलाई संरक्षण गर्दै जाने योजना वन कार्यालयको रहेको उनले बताए । डिभिजन वन कार्यालयअन्तर्गत चितवनमा ९३ सामुदायिक वन रहेका छन् । यी वनमा साना ठूला वन्यजन्तु छन् । बाघ, गैडा, चित्तल, बँदेल, स्याललगायतका जनावर यहाँका सामुदायिक वनमा पाइन्छन् । चर्तुमुखी सामुदायिक वनका अध्यक्ष हरि गुरुङ सुक्खा याममा वनमा पानीको अभाव हुने हुँदा पोखरी निर्माणपछि वन्यजन्तुका लागि धेरै सहज भएको बताउँछन् । चर्तुमुखी वनमा तीन पोखरी निर्माण गरिएको छ । दुई प्राकृतिक स्रोतबाट पानी ल्याइएको छ भने एउटा पोखरीमा सोलारसहितको बोरिङ खनिएको छ । उनले पोखरी संरक्षणका लागि सामुदायिक वनले आन्तरिक स्रोतबाट पनि बजेट विनियोजन गरेर काम गर्ने गरेको बताए ।

 

चितवन, २५ असार । तस्वीर कोमल चन्द्र भगत ।

चितवनको भरतपुरमा रहेको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरले आफ्नो १२ औं वर्षकोत्सव मनाएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी अस्पतालले आफ्नो वार्षिकोत्सव मनाएको हो । बि.सं. २०६८ साल असार २४ गते यो अस्पतालले औपचारीक सेवा शुरु गरेका हो । अस्पतालमा विरामी उपचारमा भएको बाह्र वर्षको अनुभवलाई समेटेर “प्राक्टिस अफ अर्थोपेडिक्स ईन नेपाल” नामक पुस्तक विमोचन गरिएको छ । वरिष्ठ अर्थोपेडिक्स सर्जन प्रोफेसर डा. आनन्द रेग्मीले उक्त पुस्तकको विमोचन गर्नुभएको हो । यस पुस्तकमा १२ वर्षको अवधिमा अस्पतालले कति केस ग¥यो, कति इमर्जेन्सी आए, कति अप्रेशन (शल्यक्रिया) गरियो, अप्रेसनमा पनि कुनचाहि विधामा कति गरियो र के गरियो र के रिजल्ट आयो भन्ने कुराहरलाई राखेर पुस्तक प्रकाशन गरिएको छ । यो पुस्तकमा अस्पतालको तथ्यांक (डाटा) विश्लेषण गरिएको छ । यस अस्पतालले सामान्य देखि नजुटेको (नजोडिएको), इन्फेक्सन भएको, बिग्रेको, स्टिल भाँचिएको मात्रै होइन, विदेशमा गरिएका असफल उपचारलाई पनि पुनः उपचार गरी निको बनाएको अस्पतालका अध्यक्ष डा. प्रमोद लामिछानेले बताउनु भयो । विदेशमा उपचार गराएर नजुटेको, इन्फेक्सन भएको बिरामी समेत यहाँ आएर उपचार गराएर राम्रो भएर जानुभएको छ उहांले भन्नुभयो । हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. लामिछानेको नेतृत्वमा सञ्चालित अस्पतालमा १२ वर्षको अवधिमा ७० हजार बिरामीलाई सेवा दिईएको छ । १२ वर्षको अवधिमा मुख्य रुपमा हाडजोर्नी तथा नसा रोगको उपचार हुने अस्पतालमा चोटपटक लगायतका ७० हजार शल्यक्रिया भैसकेका छन् । अस्पतालले ११ वर्ष ६ महिनाको अवधिमा १४ हजार ठूल्ठूला हाडजोर्नी सम्बन्धी शल्यक्रिया गरेका छ । ती मध्ये अधिकांश चोटपटकका छन् । यस अस्पतालमा टाउकोदेखि खुट्टासम्म भएका चोटपटकका उपचार हुन्छन् । मुख्य गरेर हाडजोर्नी तथा नसा रोग सम्बन्धी चोटपटकको सम्पूर्ण उपचार हुन्छ । सम्पूर्ण हाड जोर्नी भाँचिएको, नजोडिएको, इन्फेक्सन भएको उपचार हुन्छ । केही मात्रामा चोटपटकसँग सम्बन्धित न्यूरो सम्बन्धी उपचार पनि हुने गरेको डा. लामिछानेले बताउनु भयो । अनुहारसम्बन्धी चोटपटक, अनुहार बाङ्गोटिङ्गो भएको, चोटपटकले बिग्रिएको अनुहारको यहाँ उपचार हुने उहांको भनाइ छ । वरिष्ठ अर्थोपेडिक्स सर्जन प्रोफेसर डा. आनन्द रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निजी अस्पताल एशोसियसनका अध्यक्ष नारायण कुंवरले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अस्पतालमा लामो समयदेखि कार्यरत कर्मचारी, नर्स, डाक्टर ५ जनालाई सम्मान गरिएको थियो । त्यस्तै निजी अस्पताल एशोसियसनले अस्पतालको उन्नति प्रगतिको कामना गर्दै अस्पतालका अध्यक्ष डा.प्रमोद लामिछाने र उहांकी धर्मपत्नी सरिना चुडालाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा अस्पतालकी पुर्व अध्यक्ष स्व. विष्णुमाया खरेलप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

Subcategories