News

 

साउन, १२ चितवन । चितवनको कालिका नगरपालिका वडा नं. ६ का राजन शर्माको दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारमा सहयोगका लागि अपिल गरेका छन् । १८ बर्षिय शर्मा भरतपुरमा रहेको नारायणी पव्लिक स्कूलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् ।

२०८० जेठ १ गते चितवनमा परिक्षणको क्रममा छोरोका दुवै मृगौलाले काम गर्न छोडेको थाहा भएको विरामीको आमा लक्ष्मी शर्माले जानकारी दिनुभयो । आर्थिक श्रोत जुटाउन बिक्री गर्ने जग्गा जमिन नभएको बताउदै उहाँले टिनको टहरो बाहेक आफुसंग केही नभएकोले छोराको उपचारको लागि सहयोग जुटाउन अपिल गरेको जानकारी दिनुभयो ।

आर्थिक अभावका कारण छाक टार्न समस्या परिरहेको समयमा छोराको उपचारको लागि परोपकारी दाताहरुसंग सहयोग माग्नुको विकल्प नभएको उहाँले बताउनुभयो । श्रीमान भारतमा समान्य रोजगारीमा भएपनि आफुले गाउँघरमै ज्याला मजदुरी गरेर घर चलाउदै आएको उहाँले बताउनुभयो ।

१८ बर्षको छोराको मृगौला प्रत्यारोपण गरी पुनरजीवन दिनको लागि कसैले गरेको सहयोग आफुहरुलाई जीवनदान सरह हुने बताउदै उहाँले सवैसंग सहयोगको अपिल गर्नुभएको छ । मृगौलाको प्रत्यारोपण गर्दा ठूलो धनराशी खर्च हुने भएकाले परिवारले उपचार खर्च जुटाउन नसकेपछि सहयोगको याचना गरेको हो ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएका उहाँको मृगौलाले काम गर्न छोडेको पत्ता लगाउनमै धेरै खर्च भएको परिवारले जनाएको छ । डायलसिस भन्दा पनि समयमै मृगौला प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएका छन् । जसका कारण पीडित परिवार मृगौला प्रत्यारोपणको तयारीमा जुटेको छ । तर खर्चको अभावमा मृगौला प्रत्यारोपण गर्न खर्चकै कारण समस्या भएको परिवारले बताएको छ ।

उपचारमा सहयोग गर्नका लागि मुक्तीनाथ विकास बैंक मा लक्ष्मी शर्माको नाममा रहेको खाता नम्वर ११०२१६००४४९५०६०००००१ रहेको छ । थप सम्पर्क गर्नुपरे विरामीको आमा लक्ष्मी शर्मा ९८४५३२६०६२ र विरामीको ठुलो वुवा प्रेम शर्मा ९८४५४४५७१४ ।

 

 

काठमाण्डौं, साउन ७ ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका निर्देशक शंकर घिमिरेले पुनः फिल्म निर्माण गर्ने भएका छन् । निर्देशक घिमिरेले अभिनेता विपिन कार्कीलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘तेल भिसा’ निर्माण लागेका हुन् । घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्ममा विपिन अनुबन्धित भएका छन् ।

आगामी तिहारपछि नेपाल र अमेरिकामा छायांकन हुने जनाइएको फिल्ममा अभिनेता कार्की दोहोरो भूमिका हुनेछ । सोसल–कमेडी ड्रामा जनरामा बन्न लागेको फिल्मले सुत्केरी स्याहार्न अभिभावकलाई अमेरिकामा बोलाइने प्रवृत्तिलाई कटाक्ष गर्नेछ । सोही प्रवृत्तिलाई व्यंग्य गर्दै ‘तेल भिसा’ नामाकरण गरिएको स्रोतले जनाएको छ । यो फिल्मका लागि विपिनले अहिलेसम्मकै महंगो पारिश्रमिक लिएको चर्चा पनि छ । लिड एक्ट्रेस र अन्य कलाकार चाँडै सार्वजनिक हुने जनाइएको छ ।

घिमिरेले निर्देशन गरेको पछिल्लो फिल्म ‘तुलसी’ २०७६ सालमा रिलिज भएको थियो । त्यसअघि उनले ब्रेकफेल, वीरताको चिनो र विष निर्देशन गरेका थिए । घिमिरे अभिनेत्री ऋचा घिमिरेका श्रीमानसमेत हुन् ।


साउन ६, भरतपुर/ चितवन उद्योग संघको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा “शनिबारे स्थानीय उत्पादन प्रबद्र्धन मेला” को एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न मेलाको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि दाहालले स्वदेशी, स्थानीय, रैथाने, मौलिक र पराम्परागत उत्पादन तथा खाद्यान्नका परिकारहरु, घरेलु हस्तकलाका सामानहरु, स्वदेशमा नै उत्पादित ताजा फलफुल तथा तरकारीहरु एकै स्थानमा पाईने मेलाले स्थानीय उपभोक्ताहरुको मन जित्ने बताउनुभयो । यस्ता खाले मेलाले वास्तविक किसानहरुको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मेलाबाट समग्र स्थानीय क्रेता तथा विक्रेताहरुको आवश्यकतालाई पूर्ति गर्न सक्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको स्वागतसँगै मेलाको बारेमा जानकारी गराउनु भएको थियो । अध्यक्ष कँडेलले उत्पादनमा आत्मनिर्भर नभएसम्म विभिन्न विषम परिस्थितिको सामना गर्न चूनौतिपूर्ण हुने गरेको विगतको इतिहासलाई समेत मध्यनजर गर्दै स्वदेशी उत्पादनको प्रवद्र्धनात्मक कार्यलाई उच्च महत्व दिँदै प्रदर्शनी तथा प्रवद्र्धन मेला आयोजना गर्दैे आइरहेको सन्दर्भमा स्थानीय तथा रैथाने कृषिजन्य उत्पादन, खाद्यान्न तथा परिकारहरुलाई समेत उत्पादन र बजारीकरणका माध्यमबाट उद्यमशिलतामा जोड्ने र स्वरोजगार बनाउन सहयोग पु¥याउने उद्देश्य सहित Farm to Kitchen अवधारण अनुसार भरतपुर भ्रमण २०२४ लाई लक्षित गर्दै मेलाको आयोजना गरिएको बताउनुभयो ।
आगामि हप्ताहरुमा आयोजना गरिने मेलाहरुमा विभिन्न उत्पादनहरुलाई जोड्दै लैजाने अध्यक्ष कँडेलले बताउनुभयो ।
प्रत्येक शनिबार बिहान ६ः०० बजेदेखि ११ः०० बजेसम्म आयोजना गरिने “शनिबारे स्थानीय उत्पादन प्रबद्र्धन मेला” मा स्वदेशी, स्थानीय, रैथाने, मौलिक र पराम्परागत उत्पादन तथा खाद्यान्नका परिकारहरु, घरेलु हस्तकलाका सामानहरु, स्वदेशमा नै उत्पादित ताजा फलफुल तथा तरकारीहरु, चिउरी, तामा, कुसुम, न्यूरो, लरकैया, मह, गिठ्ठा, भ्याकुर, घरेलु अचार तथा भान्साका लागि चाहिने आवश्यक परिकारहरु, स्थानीय रैथाने उत्पादन र कोदो तथा फापरको रोटी, सेलरोटी, पोल्ट्रीजन्य, दुग्धजन्य उत्पादनहरु, गेडागुडीहरु, चिया, कफि तथा हर्वल सामाग्रीहरु र खानाका विभिन्न परिकारका ४० वटा स्टलहरु रहेका छन् ।
मेलाको माध्यमबाट पूर्ण उपभोग हुन नसकेका उत्पादनहरुको बजारीकरणमा सहयोग हुने र व्यवसायिक उत्पादनका लागि प्रोत्साहन मिलि नव उद्यमी सृजना गर्नमा समेत सहयोग पुग्ने र मेलाको माध्यमबाट सुस्ताएको वर्तमान आर्थिक गतिविधिलाई समेत चलायमान बनाउन र स्थानीय व्यवसायको प्रवद्र्धनका लागि समेत सहयोग पुग्ने अध्यक्ष कँडेलले बताउनुभयो ।
मेलामा चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी, जिल्ला प्रहरी कार्याालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्की, शसस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनका सशस्त्र प्रहरी उपरीक्षक शशी पाण्डे, नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, संघका पूर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, पदाधिकारी एवम् कार्यसमिति सदस्यहरु, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिहरु, सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरु, चितवन चेम्बर अफ कमर्शका अध्यक्ष एवम् प्रतिनिधिज्यूहरु, भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष, संघका वस्तुगत समितिका अध्यक्ष एवम् प्रतिनिधिहरु, पालिका समितिका अध्यक्ष एवम् सदस्यहरु, स्थानीय टोल विकास संस्थाका अध्यक्षहरु, महिला तथा युवा उद्यमी मञ्चका अध्यक्ष एवम् सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

 

Subcategories