२२ पौष, रत्ननगर । श्रीकृष्ण प्रणामी यूवा परिषद नेपाल प्रारम्भिक समिति टिकौलीले अत्याधिक जाडोका कारण असहजमा परेका विपन्न समुदायलाई न्यानो कपडा तथा विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरेको छ । कालिका नगरपालिका वडा नम्बर ९ मा रहेको लटौलीका ७५ जना विपन्नहरुलाई ७५ थान फाईबर सिरक साथै सोहि स्थानको श्री राष्ट्रिय आधारभूत विद्यालयका १ सय ३ विपन्न विद्यार्थीहरुलाई स्टेसनरी वितरण गरिएको हो ।
श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका धर्म संरक्षक श्रीकृष्ण मंगलम् महाराजको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बोल्दै उंहाले संसार धनि गरिब सबैको लागी समान भएको बताउदै प्राणीको रक्षामा आ(आफ्नो स्थानबाट सबैले सक्दो प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । कालिका नगरपालिका वडा नम्बर ९ का अध्यक्ष निलकण्ठ मगर, परिषदका केन्द्रिय सदस्य धर्मराज खनाल, विद्यालयका प्रधानाध्यापक वुद्धिराज गिरी, लगायतले उक्त अवसरमा बोल्नुभएको थियो । लटौलि स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको परिषरमा आयोजना गरिएको उक्त कार्यक्रम परिषदका सचिव सफल अधिकारीले संचालन गर्नुभएको थियो भने कार्यक्रमको संयोजन परिषदका उपाध्यक्ष दिलिप महतले गर्नुभएको थियो । कार्यक्रम श्रीकृष्ण प्रणामी यूवा परिषद नेपाल प्रारम्भिक समिति टिकौलीका अध्यक्ष सुर्यमणी ढकालको अध्यक्षतामा भएको हो ।
न्यानो कपडा तथा स्टेसनरी हस्तान्तरण कार्यक्रमलाई अमेरिका निवासी भोजराजरशान्ति चापागाई, अष्ट्रेलिया निवासी राज रश्रीषा आचार्य, रत्ननगर–१० निवासी तुल प्रसाद अधिकारी, टिकादत्त बराल, लायन्स क्लव अफ श्रीकृष्ण, शैलेश प्रसाद दाहाल, केशवराज बराल लगायतले सहयोग गर्नुभएको हो ।