News

१ माघ, चितवन । माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा सक्रान्ति मेला आज माघे सङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । पाँच सय बढी सुरक्षाकर्मी परिचालन गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । उनका अनुसार मेला अवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको उनले जानकारी दिए । साथै मुग्लीनतर्फबाट देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र सोही रुटबाट फर्कने व्यवस्था मिलाइएको छ । चिवनतर्फ सवारीसाधनको पार्किङ गर्न साना सवारीसाधनका लागि सीताराम संस्कृत माविको कम्पाउण्डभित्र व्यवस्था मिलाइएको छ । ठूला सवारीसाधन ९बस, मिनिबस, माइक्रो० आदिको पार्किङ दाहसंस्कारस्थल प्रवेशद्वार ९चन्द्रलोक स्वर्गद्वार० बाट उत्तर पूर्वक्षेत्रमा प्रबन्ध गरिएको समितिका कार्यकारी निर्देशक बरालले जानकारी दिए । ‘त्रिशूली नदीको झोलुङ्गे पुलमा एकपटकमा एक सय यात्रुमात्र हिँड्ने व्यवस्था मिलाइएको छ । डुङ्गा, र्‍याफ्टिङबाट नदी वारपार गर्दा लाइफ ज्याकेट अनिवार्य लगाउनुपर्ने व्यवस्था मिलाइएको छ भने डुङ्गा तथा र्‍याफ्टिङबाट एकतर्फी भाडा रु ५० कायम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाले बताए । पद्मम पुराणका अनुसार सूर्य मकर राशिमा गएका बेला माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले ठूलो पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वास रहिआएको छ ।

पवित्र त्रिशूली नदी र कालीगण्डकी नदीको देवघाटमा मिलन भएको दिन मकर सङ्क्रान्तिको दिन भएको मानिन्छ । सोही कारण पनि माघे सङ्क्रान्तिमा देवघाटमा स्नान गर्नेको ठूलो घुइँचो लाग्ने गर्दछ । तीर्थस्थलमा धुम्रपान, मदिरा एवं सुर्तीजन्य पदार्थहरु निषेध गरिएको छ । ती वस्तुहरू बिक्री, ओसारपसार एवं सेवन कार्य नगरी सहयोग पुर्‍याइदिनुहुन सम्बन्धित सबै पक्षसँग अनुरोध गरिएको कार्यकारी निर्देशक बरालले बताए ।

‘बेणीमा नुहाउने स्नान क्षेत्रलाई डोरी लगाएर छुट्याइएको छ । सो क्षेत्रभन्दा बाहिर गहिरोमा गएर नुहाउन खतरा हुने सङ्केत दिइएको छ । नुहाउँदा हुनसक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखी देवघाट क्षेत्र विकास समितिबाट दुई वटा काठका स्थानीय डुङ्गामा रेडक्रसको झण्डा राखी उद्धार व्यवस्था मिलाइएको छ ।

सवारी पार्किङ शुल्कको दररेटमा मेला अवधिभर साइकललाई १०, मोटरसाइकल रु २०, कार, जिप, भ्यान तथा हल्का सवारीलाई ५० तथा बस ट्रकसहित भारी सवारीसाधनलाई एक सय निर्धारण गरिएको समितिले जनाएको छ ।

 


पुष २९, चितवन । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरेको खिचरा महोत्सवको उनले एक भब्य समारोहकी बीच उद्घाटन गरेका हुन् । सो अबसरमा उनले थारु संस्कृति पर्यटन विकासको आधार रहेको बताए । थारु संस्कृति मार्फत पर्यटन विकास गर्ने थुप्रै आधारहरु रहेको भन्दै त्यसका लागि प्रदेश सरकारले योजना बनाएर काम गर्ने बताए । मुख्यमन्त्री लामाले खैरहनीमा निर्माण गरिएको थारु संस्कृति संग्रहालय सञ्चालनको लागि आगामी आर्थिक बर्षमा बजेट विनियोजन गर्ने बताए । मुख्यमन्त्री लामाले खैरहनीमा अलपत्र परेको चित्स्यान केन्द्र सञ्चालनको लागि पहल गर्ने बताए । कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य बासुदेव चौधरीले थारु संस्कृति संरक्षणको लागि तीनै तहका सरकार सकरात्मक हुनुपर्ने बताए । थारु संस्कृतिलाई पर्यटनसंग जोडेर आर्थिक उपार्जनको मध्यम बनाउन सकिने भन्दै उनले यसका लागि सरकारको सहयोग आवश्यक रहेको बताए । उनले थारु समुदायको राजनीतिक अधिकार स्थापित हुन नसकेको भन्दै उनले मुलुकका प्रमुख राजनीति दल थारु समुदायप्रति उदारबादी हुनुपर्नेमा जोड दिए । आयोजक संस्थाका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक रामेश्वर चौधरीले थारु संस्कृति जोगाउन हरेक बर्ष खिचरा महोत्सव आयोजना गर्दै आएका बताए । १५० वटा स्टल रहेको सो महोत्सव परिसरमा थारु समुदायको परम्परागत खाना घोंगी, चिचर र कृषि उत्पादनमा थारु समुदायले प्रयोग गर्ने हलगोरुको प्रतिमा निर्माण गरिएको उनले बताए । माघ ७ गते सम्म चल्ने महोत्सवमा थारु समुदायका परम्परागत खानाका परिकारको प्रर्बद्धनमा जोड दिइएको छ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान। बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान “भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त महोत्सव चितवन जिल्लाकै पहिलो साँकृतिक एवं व्यापारिक र आफ्नै विशेषता र महत्व रहेको आयोजक संस्थाका पूर्व अध्यक्ष नारायण महतोले बताए । थारु कल्याणकारिण सभा केन्द्रीय पार्सद चन्द्राकुमारी चौधरीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा बागमती प्रदेशका वन तथा बाताबरण मन्त्री कृष्ण सिलबाल, प्रदेश सभा सांसदहरु जगन्नाथ थपलिया, कृष्णप्रसाद खनाल, माया श्रेष्ठ, खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया, बागमती प्रदेशका पूर्वमन्त्री दावादोर्जे लामा, खैरहनी नगरपालिकाकी उपमेयर कविता उप्रेती, माडी नगरपालिकाका उपमेयर खेमप्रसाद महतो, थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललीतकुमार चौधरी, खैरहनी वडा नं ५ का वडाध्यक्ष छत्रनाथ सुवेदी, नेपाली काँग्रेसका नगर अध्यक्ष गुणराज श्रेष्ठ, एमालेका नगर अध्यक्ष पूर्ण बहादुर डल्लाकोटी, खैरहनी उद्योग बाणिज्य संघका अध्यक्ष कुमार खनाल लगायतले मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रम महोत्सव मुल समारोह समितिका संयोजक चौधरीको अध्यक्षतामा भएको थियो । नेपाल पर्यटन बोर्ड र उद्योग वाणिज्य संघ खैरहनी प्रवद्र्धकको रहेको सो महोत्वको संरक्षकमा खैरहनी नगरपालिका, थारु कल्याणकारिणी सभा, जिल्ला कार्यसमिति चितवन रहेका छन् । महोत्सव सुरु हुनुपूर्व खैरहनीमा भब्य शोभायात्रा निकालिएको थियो ।



चितवन, पुष २८ –
नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा जारी १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय रुपमा चलिरहेको छ ।

महोत्सवको पाचौं दिन भोलि पुष २९ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।
महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीका अनुसार भोलि दिउँसो २ः४५ बजेपछि अंशु महर्जन (हात्ती) र बेगम नेपाली (भटभटे) को प्रस्तुती रहने छ । त्यसैगरी ३ बजेपछि शान्तिश्री परियारको प्रस्तुती रहने छ ।

दिउँसो ११ः३० बजेपछि द ऐराजको लाइभ ब्याण्ड र जादुगर बलराम सरकारको प्रस्तुती समेत रहने ओलीले जानकारी दिए ।

यससँगै समय समयमा दिनभर नै स्थानीय कलाकारको प्रस्तुती समेत रहने छ । जसमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, किराँत याकथुङ चुम्लुङ चितवन, स्थानीय गायकहरु, रोयल डान्स एकेडमी नारायणगढ, थारु कल्याणकारी सभा चितवन, नेपाल मगर संघ चितवन, तमु ह्युल छाेंजु धि चितवन, नेपाल तामाङ धेदुङ चितवनको प्रस्तुती रहने छ  ।

पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

धुलोरहित बनेको यसपालीको चितवन महोत्सवमा उल्लासय सहभागिता देख्न सकिन्छ ।  

Subcategories