News

रत्ननगर, साउन ६ । तस्विर : अंकित भगत ।  चितवनको सौराहामा ७ करोड लगानीको चन्द्रमा होटल एंड रेष्टुरेण्ट सञ्चालनमा आएकोछ । भरतपुर महानगरपालिका वडा नं. ९ शरदपुरका युवा व्यवसायी चेतराम गैरेले रत्ननगर वडा नं. ६ सौराहामा १७ कोठे सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएका हुन् ।


सन् २००९ सालबाट जापानको टोकियोबाट व्यवसाय सुरू गरेका युवा व्यवसायी गैरेले नेपालको तेस्रो पर्यटकीय नगरी सौराहामा पनि सुबिधा सम्पन्न होटल सञ्चालनमा ल्याएका हुन् । होटलमा एसि सहितको सुबिधा सम्पन्न कोठा, बिदेशि तथा आन्तरिक पर्यटकलाई स्वादिष्ट परिकारको व्यवस्था रहेको सञ्चालक गैरेको भनाई छ । कार्यक्रममा होटल सञ्चालक गैंरेलाई महाविर पुनको किताव खरिद गर्ने घोषणा समेत गरे । १ लाख बराबरको किताब खरिदका लागि गैरेले १ लाख रुपैंयाको चेक समेत प्रदान गरेका छन् । ।  होटलको एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय आविस्कार केन्द्र नेपालका अध्यक्ष डा. महाविर पुनले उद्धघाटन गरे ।कार्यक्रममा बोल्दै उनले सौराहाका होटलहरूले गुणस्तरीय सेवा सुबिधामा दिनुपर्नेमा जोड दिए ।

होटलका सञ्चालक गैरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रत्ननगर वडा नं . ६ का वडा अध्यक्ष किरण महतो, बाघमार वनका अध्यक्ष जित वहादुर तामाङ, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी लगाएतले मन्तव्य राखेका थिए । सौराहाका पुराना व्यवसायि तथा समाजसेवी पुरूषोत्तम लामिछानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा रेवानका पूर्व अध्यक्ष गोकर्ण गिरी, नेचर गाईड एसोशियसनका अध्यक्ष अनिल गुरूङ, बछौली चौकी प्रमुख श्याम थापा लगायत सौराहाका व्यवसायीहरूको सहभागिता रहेको थियो ।

काठमाडौं, साउन ६ 
अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र “नमेटिने घाउ’’ यति बेला स्वरांङ्कन कार्य भैरहेको छ ।चलचित्रमा अभिनय गरेका सांसद ज्ञानेन्द्र शाहीको स्वरांङ्कन कार्य सम्पन्न भएको छ ।  चलचित्रमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको हुदा केहि दिनमा उहाले पनि स्वरांङ्कन दिने निर्देशक रमित ढुङ्गानाले जानकारी दिनुभयो । छिट्टै प्रदर्शनमा आउन लागेको चलचित्र “नमेटिने घाउ’’ एसिड सर्भाइभरहरुको बास्तविक जीवनीमा आधारित छ ।चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाईएको छ । फिल्ममा शिवम् अधिकारीको कथा,ओम सुनारको संगीत रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् । रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा  प्रहरी उपरीक्षकद्वय बाल नर्सिहॅ राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे,आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। यस्तै चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा,सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा,लालना चिमोरिया,स्वस्तीमा कार्की, लिजा कोरानी,एलिसा गुरुङ,बिशाल देबकोटा ,आरजु अधिकारी ,आरजु लेखक लगायत अभिनय रहेको छ ।‘नमेटिने घाउ’मार्फत सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली , पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र सासॅदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहि को पनी भूमिका देखिने भयको छ १ चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरुको अभिनय रहेको छ।

साउन ६, मकवानपुर
नारायणगढ रोटरी क्लब र स्पाउज क्लब अफ आरसी नारायणगढले आज एक कार्यक्रम बिच मनहरी, मकवानपुरमा स्थापित आमा घरको लागि आवश्यक खाद्यान्नहरू लगायत नगद सहयोग प्रदान गरेको क्लबका अध्यक्ष रोटरियन तारानाथ पाठकले जानकारी गराएको छ । उक्त सहयोगहरू आमा घरका अध्यक्ष रामचन्द्र उप्रेतीलाई हस्तान्तरण गरिएको हो । ब्रह्मकुमारी रेवती दिदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा आमा घरका संस्थापक ब्रह्मकुमार विजयराज सिग्देलले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै हाल संस्थामा ३० जना आमाहरूले आश्रय लिइरहेको बताए । पूर्व अध्यक्ष तथा कार्यक्रमका संयोजक सहनलाल प्रधानले विगत २ वर्षदेखि आमा घरलाई सहयोग प्रदान गर्दै आएको र निरन्तर रूपमा हरेक रोटरी वर्षको प्रारम्भमा आमा घरलाई सहयोग प्रदान गरेपश्चात् क्लबद्वारा अन्य सामाजिक कार्यको सुभारम्भ गरिने बताए । आफ्नो मन्तव्यको क्रममा आमा घरका अध्यक्ष रामचन्द्र उप्रेती र पूर्व गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले नारायणगढ रोटरी तथा स्पाउज क्लब अफ नारायणगढ रोटरीले आमा घरलाई पुर्‍याउँदै आइरहेको सहयोगको लागि धन्यवाद व्यक्त गरे । त्यसै गरी कार्यक्रमका प्रमुख अतिथि ब्रह्मकुमारी रेवती दिदीले मन्तव्यको क्रममा २ मिनेटको मेडिटेशन गराउनुकासाथै आशीर्वचनहरू प्रदान गरेकी थिइन् ।
क्लबका सचिव सेवन पन्तले सञ्चालन गरेको उक्त कार्यक्रममा स्पाउज क्लबका सदस्य कल्पना थपलिया पाठकले सुन्दर कविता वाचन गरेका थिए भने अर्का सदस्य अनुराधा पन्तले आफ्नो स्नातकोत्तर अध्ययनको सिलसिलामा ‘आमा घर’ शीर्षकमा लेखिएको थेसिस र सो क्रममा आमा घरमा आश्रित आमाहरूसँग गरिएको अन्तर्वाताको सम्बन्धमा आफ्नोआफ्नो अनुभव सुनाएकी थिइन् । सोही कार्यक्रममा आमा घरको लागि ६४ थान फूलको विभिन्न जातका बिरुवाहरूसमेत वृक्षरोपण गरिएको क्लबका सचिव सेवन पन्तले बताए । करिब ६० हजार रुपैयाँ बराबरको खाद्यान्न क्लबको तर्फबाट अध्यक्ष तारानाथ पाठक र स्पाउज क्लब अफ नारायणगढकी अध्यक्ष इन्दु श्रेष्ठले स्पाउज क्लबको तर्फबाट नगद १० हजार रुपैयाँ सहयोग प्रदान गरिएको सचिव पन्तले जानकारी गराए । साथै स्पाउज क्लबका सदस्य शान्ति श्रेष्ठले आमा घरको आजीवन सदस्यता लिएको उनले बताए । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू रोहितकुमार श्रेष्ठ, विज्ञानलाल श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, रमेश पौडेल, नगेन्द्रबहादुर श्रेष्ठ, निवर्तमान अध्यक्ष भोलानाथ लामिछाने, मनोनित अध्यक्ष रामप्रसाद गजुरेल, सर्भिस प्रोजेक्ट डाइरेक्टर देवमाया श्रेष्ठ, मेम्बरसिप डाइरेक्टर अजिता पिया र सदस्य राजेन्द्र पौडेललगायत स्पाउज क्लबका सदस्यहरू शान्ति श्रेष्ठ, राजकुमारी श्रेष्ठ, वर्षा प्रधान र एनेट स्वस्तिका पौडेलको उपस्थिती रहेको थियो ।

Subcategories