News

असार १ , चितवन । रत्ननगर उद्योग वाणिज्य संघको आयोजना र रत्ननगर नगरपालिका कार्यालयको आर्थिक सहयोगमा सञ्चालित ६ दिने श्रव्यदृष्य तथा फोटोग्राफी तालिम सम्पन्न भएको छ। कार्यक्रमका सभापति तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले मन्तव्य राख्दै तालिमलाई आधारभूतमा मात्र सीमित नराखी उन्नत ९एड्भान्स० तालिम प्रदान गर्न नगरपालिका तयार रहेको बताउनुभयो।

उहाँले नगरपालिकाको उद्यमशीलता कार्यक्रमअन्तर्गत नेपाल बैंकसँगको सहकार्यमा बिनाब्याज लगानी गर्न तयार रहेको, तालिमलाई आयआर्जनसँग जोड्नुपर्ने र सिपलाई व्यावसायिक बनाउँदा सहज हुने कुरामा जोड दिनुभयो। कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ र पूर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो। तालिमका प्रशिक्षक वरिष्ठ वातावरण तथा फोटो पत्रकार कमलचन्द्र भगतले सहभागीहरूलाई श्रव्यदृष्य र फोटोग्राफीको आधारभूत ज्ञान प्रदान गर्नुभएको थियो।

रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रममा संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, पूर्व अध्यक्षहरू नारायणकाजी श्रेष्ठ र ज्ञान बहादुर विसुराल साथै, संघका कार्यसमिति सदस्यहरू बेद प्रसाद आचार्य, रविचन्द्र तिमिल्सीना र शम्शेर घामल्लेले समेत कार्यक्रममा सहभागिता जनाउनुभयो।

जेठ ३१, चितवन ।
लायन्स क्लब अफ नारायणगढ संगमचोकका संस्थापक सदस्य स्वर्गिय लायन शिव प्रधानको स्मृतिमा बालकुमारी कन्या उच्च माध्यमिक विद्यालय नारायणगढ परिसरमा निर्माण गरिएको “ प्राकृतिक स्वच्छ खानेपानी परियोजना हस्तान्तरण विद्यालयलाई हस्तान्तरण गरिएको छ । पिडिजी स्पाउस फोरम, मल्टिपल ३२५ को सक्रियतामा प्रधान परिवारले सहयोग गरेको ५ लाखको लागतमा निर्माण गरिएको खानेपानी परियोजना एक कार्यक्रमका विच उद्घाटन गरी हस्तान्तरण गरिएको हो । कार्यक्रम प्रमुख अतिथी तथा पिडिजी फोरम मल्टिपल ३२५ का अध्यक्ष पिएमजेएफ सेकेण्ड सेन्च्युरी एम्बासडर लायन सुनिलभक्त श्रेष्ठ एक समारोहका बिच उद्घाटन गरेका हुन् ।

कार्यक्रममा परियोजना प्रायोजक रोहीणी प्रधान तथा परिवार, डिस्ट्रिक्ट ३२५ आरका निर्वाचित डिस्ट्रिक्ट गभर्नर एमजेएफ लायन नवराज सापकोटा, निर्वाचित एमजेएफ लायन प्रभाकर पण्डित, पिएमजेएफ लायन पूर्व डिस्ट्रिक्ट गभर्नर पिएमजेएफ लायन सिद्धार्थलाल चुके, पूर्व डिस्ट्रिक्ट गभर्नर तथा फोरम कोषाध्यक्ष पिएमजेएफ लायन रामप्रसाद भट्ट, पूर्व डिस्ट्रिक्ट गभर्नर लायन प्रभातकुमार जोशी, निर्वाचित द्वितिय भाईस डिस्ट्रिक्ट पिएमजेएफ लायन दीपेन्द्र खतिवडा, पिडिजी स्पाउस फोरमका सचिव एमजेएफ लायन रचना चुकेज्यू, पिडिजी स्पाउस फोरमका कोषाध्यक्ष पिएमजेएफ लायन भावना बसेलज्यू, पिडिजी स्पाउस फोरमका सदस्य लायन सुधा जोशी, पिडिजी स्पाउस फोरमका सदस्य लायन सितादेवी भट्ट, डिस्ट्रिक्ट क्याविनेट सेक्रेटरी एमजेएफ लायन निरज श्रेष्ठ, मनोनीत डिस्ट्रिक्ट क्याविनेट ट्रेजरर लायन विकास पौडेलज्यू, डिस्ट्रिक्ट सचिवालय तथा आर्थिक सल्लाहकार,
डिस्ट्रिक्ट एक्जेक्युटिभ चिफहरू, क्लस्टर चिफहरू, विभिन्न क्लब अध्यक्षहरू तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एमजेएफ लायन बालगोपाल चुके, प्रधानाध्यापक, शिक्षक शिक्षक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा परियोजनालाई आर्थिक सहयोगदाता रोहीणी प्रधान तथा परिवारलाई कदरपत्रले सम्मान गरिएको थियो ।

 

त्यस्तै परियोजनाको सम्पूर्ण निर्माण कार्य जिम्मेदारीपूर्वक सम्पन्न गरेका पूर्व डिस्ट्रिक्ट गभर्नर पिएमजेएफ लायन सिद्धार्थलाल चुकेलाई मानार्थ सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । प्रमुख अतिथि लायन सुनिलभक्त श्रेष्ठले परियोजनाका प्रायोजकहरुलाई धन्यवाद ज्ञापन गर्दै स्पाउस फोरमलाई भविष्यमा गरिने मानविय सेवा कार्यको लागी प्रोत्साहन स्वरूप रु. १ लाख प्रदान गर्ने घोषणा गर्नु भयो । कार्यक्रममा डिजीई लायन नवराज सापवकोटा, पिडिजी लायन प्रभातकुमार जोशी, पिजिजी लायन सिद्धार्थलाल चुके तथा विद्यालय प्राचार्य श्री बिष्णु वाग्लेले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । पिडिजी स्पाउस फोरम, मल्टिपल ३२५ की अध्यक्ष एमजेएफ लायन दुर्गालक्ष्मी श्रेष्ठको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो ।

जेठ ३०, चितवन ।
चितवनको भरतपुरमा पत्रकार सम्मेलन भैरहेको ठाउं पत्रकारमा माथी आक्रमण भएको छ । बेस्ट ब्रेन एजुकेशन भिजा सर्भिसेस ले बेलायत लाने भन्दै केहि व्यक्तिहरु संग पैसा लिएको र नलगेको विषयमा पिडित पक्षले पत्रकार सम्मेलन गरेको ठाउंमा कन्सल्टेन्सीका केहि मानिसहरु गुण्डा गर्दी शैलीमा आक्रमण गरेका हुन् । कन्सल्टेन्सीका भनिएका भरतपुर महानगरपालिका ४ बस्ने ३२ वर्षीया कमला सापकोटा, भरतपुर ४ बस्ने २३ वर्षीय सागर खरेल, काभ्रे पाँचखाल नगरपालिका ८ का ३३ सविन थापालगायतका व्यक्तिहरुले प्रहरीसँगै प्रवेश गरि गुण्डागर्दी शैलीमा पत्रकारहरु माथि आक्रमण गरेको प्रति नेपाल पत्रकार महासंघ चितवन सहित अन्य पत्रकार संगठनहरुले घटनाको घोर भत्र्सना गर्दै दोषीमाथी कडा कारबाहीको माग गरेका छन् । भरतपुर७ स्थित लाल्सा रेष्टुरेन्टमा बेस्ट ब्रेन एजुकेशन भिजा सर्भिसेसले बेलायत लैजान्छु भनि नलगेपछि पैसा फिर्ता माग्दा नदिएकोमा न्याय पाउँ भनि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिँदा पनि सुनुवाई नभएको भन्दै पीडितहरुले गरेको पत्रकार सम्मेलनको आयोजना गरेका थिए । आक्रमणका क्रममा पत्रकारको क्यामेरा धकेल्ने, खिचेको फोटो, भिडिओ डिलिट गर्न दबाब दिने, कुटपिट गर्ने गर्दा प्रहरीले मुकदर्शक भई आक्रमण गर्ने व्यक्तिहरुलाई नै संरक्षण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ चितवन आपत्ति जनाएको छ । महासंघले अराजकतालाई प्रोत्साहन गर्ने प्रहरीहरुसहित आक्रमणमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि, कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग समेत गरेको छ ।

Subcategories