News

पौष १, चितवन । चितवन–पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत चितवनबाट आजदेखि सुरु हुने भएको छ । राष्ट्रिय बाघ गणनामा एक हजारभन्दा बढी जनशक्ति परिचालन गर्नुका साथै एक सय क्यामेरा जडान गरिने भएको छ । नवलपरासीको त्रिवेणीदेखि रौतहटको बागमतीसम्म एउटै क्षेत्र मानेर बाघ गणना गरिनेछ । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघ देखिएका ठाउँमा क्यामेरा ट्रयापिङ्ग विधिबाट गणना गरिने बताए । उनले बाघका पाइला भेटिएका, पर्याप्त घाँसे मैदान र आहारा प्रजाति भएको ठाउँमा पनि क्यामेरा जडान गरिने जानकारी दिए ।

‘पुसको पहिलो हप्ता फिल्डमा क्यामेरा जडान गरी गणनाको क्रममा एउटै क्यामेरालाई दुई हप्तासम्म एक ठाउँमा राखिने प्रमुख संरक्षण अधिकृत खतिवडाले बताए । बाघ गणना गर्न करिब ८० देखि ९० दिन लाग्ने हुंदा गणनामा चितवन–पर्सा मा मात्रै प्राविधिक, कर्मचारी सामुदायिक वन समूहहरू गरी १ हजारभन्दा बढी जनशक्ति खटिनेछन् ।

बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा १२ वटा क्याम्प राखिनेछ । एउटा क्याम्पमा १० देखि १२ जनाको प्राविधिक टोली रहनेछ ।
एक पटक गणना भएको बाघ नदोहोरियोस् भन्नका लागि सफट्वेयरको माध्यमबाट परीक्षण गरिने छ । ‘बाघ कहिल्यै पनि प्रत्यक्ष गणना गरिँदैन । अप्रत्यक्ष गणना गर्दा कम र बढीको तथ्याङ्कलाई राखेर औसत तथ्याङ्क सार्वजनिक गर्ने गरिन्छ । गणनामा २ वर्ष मुनिका बघिनीसँगै रहेका डमरुलाई उल्लेख गरिँदैन ।’ आमासँगै रहेका २ वर्ष मुनिका डमरु सिकार खेल्न सक्षम हुँदैनन् भने भाले बाघले मार्ने जोखिम बढी भएकाले जोगाउन मुस्किल हुने गर्दछ । आफैँ सिकार खेल्न सक्ने र स्वतन्त्र ढंगले बाँच्न सक्ने भएर आमाबाट छुट्टिएका बाघमात्रै गणनामा उल्लेख हुने निकुञ्जले जनाएको छ । बाघ गणनामा राष्ट्रिय निकुञ्ज विभाग, वन विभाग, डब्लुडल्लुएफ, राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएल लगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहयोग रहनेछ । राष्ट्रिय बाघ गणना हरेक ४ वर्षमा हुने गर्दछ । सन् २०२२ देखि २०२५ सम्म आइपुग्दा मानव–बाघ द्वन्द्व, मानवीय प्रतिशोध, जंगलमा द्वन्द्वमा परेर निकुञ्जले खोरमा राखेका घाइते बाघ गरी करिब ६ देखि ८ वटा बाघले अकालमा ज्यान गुमाएका छन् ।
पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जका बाघ नयाँ बासस्थानको खोजीमा पर्सा राष्ट्रिय निकुञ्जसम्म पुग्ने गर्दछन् । पर्सा राष्ट्रिय निकुञ्जले बाघ गणनापछि आउने तथ्याङ्कको आधारमा मानव र बाघ बिचको द्वन्द्व न्यूनीकरणका लागि जनतासँग जोडिएका कार्यक्रम ल्याउने जनाएको छ ।

 

 

 

 

चितवन, मंसिर २९ । तस्विर : कोमल चन्द्र भगत । 

नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय गरिएका खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई आज (मंसिर २९) चितवनबाट बिदाइ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुवै हात्तीलाई एक कार्यक्रमबीच बसोबासस्थलबाट बिदाइ गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । दुवै हात्तीलाई चितवनबाट ट्रकमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याइनेछ । त्यहाँबाट आउँदो पुस २ गते कतार एयरवेजको चार्टर्ड फ्लाइटबाट सिधैँ कतार पठाउने तयारी रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा। गणेश पन्तले जानकारी दिनु भयो । हात्तीलाई आवश्यक पर्ने हावापानी अनुकूलता र ढुवानी समेतलाई मध्यनजर गरी भैरहवाबाट हस्तान्तरण गर्न लागिएको हो । पुस २ गते बिहान भैरहवामा नेपालले कतार सरकारलाई औपचारिक रूपमा हात्ती हस्तान्तरण गर्नेछ ।

नेपालले अरू विभिन्न मुलुकलाई गैँडा उपहार दिएको भए पनि हात्ती दिन लागिएको यो पहिलो पटक हो । विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले हात्ती कतार पठाउने प्रक्रिया लगभग पूरा भएको जानकारी दिनु भयो। उनका अनुसार कतार पठाउन लागिएका मध्ये खगेन्द्रप्रसाद भनिने भाले हात्ती ६ वर्षको छ । रुद्रकली भनिने पोथी हात्ती सात वर्षकी हो । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मेका दुवै हात्ती त्यहीँ हुर्काइएका हुन् । ०८१ साल वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको औपचारिक भ्रमणमा आएका बेला एक जोडी हात्ती उपहार दिने भनिएको थियो । नेपालले साइटिसलगायत प्रक्रिया पूरा गरी ०८१ साल कात्तिक २ गते मन्त्रिपरिषद्बाट एक जोडी हात्ती उपहारस्वरूप प्रदान गर्ने निर्णय गरेको थियो ।

कतारमा हात्ती हुर्काउनका निम्ति नेपालबाट एक भेटनरियन प्राविधिक र दुई माउते समेत एक महिनाका लागि पठाउन लागिएको वरिष्ठ इकोलोजिस्ट आचार्यले बताए । उनीहरू एक महिनामा हात्ती हुर्काउने तरिका सिकाएर फर्कनेछन् । कतारमा हात्तीको रहनसहन, आहार र हावापानी अनुकूलनका बारेमा नेपालबाट प्राविधिक टोली यसअघि नै पुगेर स्थलगत अध्ययन गरिसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा । पन्तले जानकारी दिनु भयो ।

 

मङ्सिर २७, चितवन ।  तस्विर : कोमल चन्द्र भगत । 

सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को ‘वार्षिक वितरक भेला २०२५’ चितवनको पर्यटकीय नगरी सौराहामा सुरु भएको भएको छ ।
हिक भिजन चीनबाट ‘सिसिटिभी सर्भिलेन्स’ सम्बन्धी ‘सिरिज’ घरायासी प्रयोजनदेखि पसल कार्यालय, विद्यालय, सभाहल टोल सार्वजनिकस्थल लगायत आदिमा प्रयोग गर्न मिल्ने क्षमताको ‘सिसिटिभी’, हाजिरी उपस्थिति उपकरण, ‘स्मार्ट इन्टरयाक्टिभ बोर्ड’, ‘लक सिस्टम’, ‘गेट ब्यारिअर’ , ‘अलार्म सिष्टम’, ‘फायर स्मोक’ लगायतका ‘डिटेक्टर सिष्टम’, ‘अण्डर भेकल सर्भिलियन्स सिष्टम’ ‘एक्सरे मेसिन’ लगायत उपकरण उत्पादित छन् । यी उपकरण विश्वबजारमा निकै लोकप्रिय छ । नेपालको आधिकारीक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिद्वारा आयोजित भेलामा देशभरका हिक भिजन ‘ब्राण्ड’छन् ।

म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले भेलामा देशभरका हिक भिजन ‘ब्राण्ड’को नेपालको आधिकारी वितरकहरू सहभागी भएको जानकारी दिए । उनका अनुसार वितरक भेलामा सूचना प्रविधिका उद्यमी, वितरक साझेदारले नवीनतम विषय र हिक भिजनका उत्पादनसँग सम्बन्धित ‘फ्रेन्ड्लि सफ्टवेयर’का बारेमा जानकारी लिन सक्ने छन् । 

 

भेलामा आगामी सन् २०२६ को योजना, सन् २०२५ को समीक्षा र सन् २०२४ को डिलर पार्टनको तर्फबाट उत्कृष्ट १० डिलरलाई सम्मान तथा अन्य डिलरलाई सम्मान गरिने उनले बताए । चितवन हात्ती तथा पर्यटन महोत्सवको पुर्वसन्ध्यामा आयोजना गरिएको यस कार्यक्रमले सौराहाको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ ।

 

 

Subcategories