News

 

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, चैत्र ३१ –
युवाहरुलाई रक्तदानमा उत्प्रेरित गर्न नयाँ वर्ष २०८२ को अवसर पारेर चितवनमा आज कन्सर्ट गरिँदै छ ।

नारायणगढस्थित नारायणी नदी किनारमा आज एस डि ईभेन्ट्स एण्ड म्यानेजमेन्टले मिसन रेड न्यू इएर फेस्ट नामक भव्य कन्सर्ट गर्न लागेको हो । कन्सर्टलाई नारायणगढको इन्द्रदेव मार्गमा रहेको एप्पल गुरुले सह प्रायोजन गरेकोे छ ।

कन्सर्टमा चर्चित पाँच ब्याण्डको बेजोड प्र्रस्तुती रहने छ । कन्सर्टमा द एक्स ब्याण्ड, ‘कुटुम्ब, ‘मन्त्र’, ‘समीर श्रेष्ठ एण्ड द गुड ब्वाइज’ र ‘केहर एण्ड जोय’ ब्याण्डको प्रस्तुती रहने छ । दिउँसो ३ बजेबाट सुरु हुने कन्सर्ट राति नयाँ वर्षको स्वागत गरेसँगै सकिने छ ।

युवाहरुलाई रक्तदानमा उत्प्रेरित गर्न युवाहरुले रुचाउने सांगितीक ब्याण्ड ल्याएर कन्सर्टमार्फत रक्तदानप्रति उत्प्रेरणा जगाउन खोजिएको आयोजकले जनाएको छ । कन्सर्टमार्फत रक्तदानको चेतना फैलाउने लक्ष्य राखिएको छ ।

साथै कन्सर्टबाट हुने आम्दानीबाट ब्लड एप्स बनाउने लक्ष्य आयोजकले लिएको छ । डेटा बेस म्यानेजमेन्ट सिस्टम राखेर एप्स बनाइने र एप्समा गएर आफूलाई चाहिएको रगत ग्रुप भएका मानिसहरु खोज्न सकिने तथा एप्सबाटै रक्तदानका लागि अपिल गर्न सकिने छ । यी लगायतका विभिन्न विशेषता समेटेर रगतको अभाव हटाउन ब्लड एप्स बनाउने योजना रहेको आयोजकले जनाएको छ । कम्तिममा १५ लाख बराबरको एप्स बनाउने तयारी गरिएको छ ।

‘म्युजिक फर ब्लड’ को नारा नै दिएर सांगितिक कार्यक्रमको तयारी यतिखेर पूरा भएको छ ।
एस डी फाउण्डेशनले चितवन सहित देशभर देखिएको रगत अभाव हटाउन मिसन रेड अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत विभिन्न रक्तदान कार्यक्रम, रक्तदाता उत्प्रेरणा कार्यक्रम, सचेतना सहित विविध पहलकदमी हुँदै आएका छन् । केही महिनाभित्रै देशभरका रक्तदाताहरु बोलाएर रक्तदाता सम्मेलन गर्ने तयारी अभियानको छ । मिसन रेड अभियानले एक वर्षभित्र ५ हजार पिन्ट रगत संकलन गर्ने, १० हजार युवालाई रक्तदान र रगत अभाव व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने तथा डिजिटल प्लेटफर्म मार्फत ५० लाख मानिसलाई रक्तदानमा उत्प्रेरित गर्ने लक्ष्य लिएको छ । हालसम्म अभियानले करिब २ हजार पिन्ट रगत संकलन गरिसकेको छ भने रगत व्यवस्थापनका करिब १०० वटा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

उक्त मिसन रेड अभियान अन्तर्गत नै कन्सर्ट हुन लागेको आयोजकले जनाएको छ । कन्सर्टमा करिब १५ हजारभन्दा बढी दर्शक आउने आयोजकको अनुमान छ । कन्सर्टमा प्रवेशका लागि खल्ती एप मार्फत अग्रिम टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै नारायणगढको इन्द्रदेव मार्गमा रहेको एप्पल गुरुबाट समेत टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएइको छ । कन्सर्ट स्थलबाट समेत टिकट खरिद गर्न सकिने छ । ६००, १२०० र ६ हजारसम्मको टिकटको व्यवस्था गरिएको छ ।

कन्सर्टमा सहभागि भई सफल पार्न आयोजकले चितवन र यस आसपासका जिल्लाबासीसहित न्यु इएर मनाउन चितवन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आह्वान गरेको छ । सन्देश र मनोरन्जन एकसाथ दिने उद्देश्यले कन्सर्ट आयोजना गरिएकाले कार्यक्रम सफल पारिदिन आयोजकले आग्रह गरेको छ ।

चैत ३१, चितवन । तस्विर : कोमल चन्द्र भगत । चितवनको पर्यटकिय नगरी सौराहामा नयां वर्ष २०८२ वैशाख १ गतेदेखि ३० औँ वन्यजन्तु सप्ताह सुरु हुने भएको । ‘बुझौँ वन्यजन्तुको आनीबानी, घटाऔँ मानवसँगको द्वन्द्व र हानि नोक्सानी’ भन्ने मुल नारासहित सप्ताह शुरु गर्न लागिएको हो । आज ( आइतबार ) मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले पत्रकार सम्मेलनको आयोजना गरी सप्ताहव्यापी आयोजना हुने कार्यक्रमको बारेमा जानकारी दिएको छ । संरक्षण र पर्यटनसंग सम्बन्धित संघसंस्थाहरुको सहकार्यमा एक हप्तासम्म विभिन्न कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाउन लागिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा निकुञ्जसहित संरक्षण र पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वैशाख १ गते ३० औं वन्यजन्तु सप्ताहको उद्घाटन गरिने, २ गते टिकौली सडक वरपर सरसफाइ गर्ने, ३ गते जनकौली मध्यवर्ती सामुदायिक वनमा चरा अवलोकन र ‘बुझौँ वन्यजन्तुको आनीबानी ः घटाऔँ मानवसँगको द्वन्द्व र हानिनोक्सानी’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने, ४ गते बुढीराप्ती खोला सरसफाइ कार्यक्रम र डुङ्गा सयर, ५ गते सौराहा सेक्टरअन्तर्गत विद्यालयस्तरीय चित्रकला प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता, ६ गते वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्‍याली र सप्ताहको अन्तिम दिन वैशाख ७ गते समापनको अवसरमा ‘वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया तथा संरक्षणमा योगदान दिएकाहरूलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरिने, वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण र विभिन्न प्रतियोगीताहरुमा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीहरुलाई पुरस्कार प्रदान गर्नेलगायतको विभिन्न कार्यक्रमहरु गरिने अध्यक्ष घिमिरेले बताउनु भयो । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका सचिव ओमप्रसाद रिजालले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलनमा सिवियपियु मृगकुञ्जका अध्यक्ष बसन्त राना, मृगकुञ्जका कोषाध्यक्ष सञ्जय महतो, सदस्यहरू पूर्णप्रसाद ढुङ्गाना, बिन्दा कार्की, सरस्वती लामा लगायतको उपस्थिति थियो। कार्यक्रममा नयां वर्ष २०८२ शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

चैत ३०, वीरगन्ज । हनुमानको जन्मोत्सवको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएको छ। शोभायात्राले नगरपरिक्रमा गर्ने क्रममा वीरगन्जको छपकैया पुगेपछि दुई समुदायबीच झडप भएको हो। झडपका कारण स्थिति तनावग्रस्त बनेपछि प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेका छन्।अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । प्रहरी स्रोतका अनुसार प्रशासनले कर्फ्यु आदेश जारी गर्ने तयारी गरेको छ ।

Subcategories