News


मंसीर १३, चितवन । सेवालाई स्वार्थभन्दा माथी राख्नु पर्छ भन्ने मान्यताकासाथ अगाडि बढेको रोटरी क्लब अफ नारायणगढले आफ्नो  २३औँ स्थापना दिवसको अवसर पारेर भरतपुर महानगरपालिका, वडा नं। १० को कार्यालय भवनमा एक कार्यक्रम बिच ५ थान ह्विलचेयर वितरण गरेको छ । क्लबका अध्यक्ष रोटरियन सेवन पन्तले १० नं वडाका अध्यक्ष परमेश्वर खनालको प्रमुख आतिथ्यतामा उक्त ह्विलचेयरहरू वितरण गरेको हो । प्रमुख अतिथि परमेश्वर खनालले ह्विलचेर प्राप्त गर्ने वडावासीहरू दुर्गा बोम्जन, मेघबहादुर आले, यशोदा खनाल, सरोज गौतम र गीता शाहको तर्पmबाट रोटरी क्लब अफ नारायणगढले प्रदान गरेको उक्त सहयोगको लागि धन्यवाद दिएका थिए । साथै वहाँहरूको दैनिक जीवनयापनको कार्यमा यस सहयोगले ठूलो भूमिका निर्वाह गर्ने प्रमुख अतिथि खनालले बताए । कार्यक्रमका संयोजक तथा पूर्व अध्यक्ष रोटरियन भोलानाथ लामिछानेले दीनदुःखीहरू र अप्ठ्यारोमा परेकाहरूलाई क्लबले स्थापनाकालदेखि नै सहयोग गर्दै आएको जानाकारी गराउँदै आगामी दिनहरूमा पनि माग र आवश्यकता हेरी सहयोग गर्ने बताए । क्लबका सचिव रोटरियन विकास सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू रोहितकुमार श्रेष्ठ, अनुकूल श्रेष्ठ, नगेन्द्रबहादुर श्रेष्ठ, निवर्तमान अध्यक्ष तारानाथ पाठकलगायत स्पाउज अनुराधा पन्तको उपस्थिति रहेको थियो ।


मंसीर ०७, चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना एवम् चितवन मेडिकल कलेज (सिएमसी) को सहयोगमा जिल्लामा क्रियाशिल महिला पत्रकाहरुको स्तन क्यान्सरको निःशुल्क परीक्षण गरिएको छ । महिला पत्रकारहरुको स्तन क्यान्सर स्क्रिनिङ गर्ने कार्यक्रमबाट जिल्लाका ३६ जना महिला पत्रकारहरु लाभान्वित भएको महासंघ चितवन शाखाको उपाध्यक्ष एवम् महिला विभाग प्रमुख शान्ता अधिकारीले जानकारी दिइन् । केहि पत्रकारहरुको आवश्यकता अनुसार स्तन क्यान्सर परीक्षणका लागि मेमोग्राम समेत गरिएको उनले बताइन् ।

स्तन क्यान्सरको उपचार गर्न शल्यक्रिया गर्नुपरेमा सिएमसीले ५० प्रतिशत छुट दिने घोषणा समेत गरेको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सकहरुले स्तन क्यान्सरको कारण, लक्षण र बच्ने उपायबारे जानकारी दिएका थिए ।

अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना फैलाउने महिनाको रुपमा मनाउने क्रममा महिला पत्रकारहरुको निःशुल्क स्तन क्यान्सर परीक्षण गरिएको सिएमसीका सिईओ प्रताप देवकोटाले जानकारी दिए ।

क्यान्सर रोग विशेषज्ञ डा सुदिप थापाले स्तन क्यान्सर लाग्दैमा विरामीको मृत्यु नहुने बताए । छिटो पहिचान भएमा स्तन क्यान्सर निको हुने उनले जानकारी दिए ।

समयमै परीक्षण नगराउँदा नेपालमा धेरै क्यान्सर देखिनेमा स्तन क्यान्सर दोस्रो नम्बरमा आएको छ । स्तन क्यान्सरको स्क्रिनिङ गर्नुपर्छ भन्ने सोच बढ्दै जाँदा विरामीको संख्या पनि थपिँदै गएको उनी बताउँछन् ।

मंसीर ०७, चितवन । पवित्रा ढकाल, कोमल चन्द्र भगत ।

पर्यटकिय नगरी सौराहामा यति बेला आन्तरीक तथा बाह्यि पर्यटकहरुको राम्रै चहल पहल देखिएको छ । पर्यटन व्यवसायीहरुले पर्यटकहरुको बसाइ लम्व्याउनका लागि विभिन्न पर्यटकिय पुर्वाधार र गन्तव्यको नयां बाटोहरुको पनि व्यवस्थापन गरिरहेका छन् । सौराहा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै बनबास रिसोर्टले राप्ती नदीमा नौका विहार (बोटिङ) साहसीक नयाँ रुट सञ्चालनमा ल्याइएको छ। चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरमा पर्ने जीन्दागानी घाटदेखि भिमपुर घाटसम्म पाँच किलोमिटर दूरीमा नयाँ रुट खोलिएको पर्यटन व्यवसायी बासु ढुंगानाले जानकारी दिनु भयो। सौराहा ड्यामसाइडमा रहेको किनार रेष्टुरेन्ट एण्ड वार र वनबास रिसोर्टले चितवन राष्ट्रिय निकुञ्ज संग ठेक्का लिएर नौका विहार सञ्चालन सुरु गरेको ढुंगानाको भनाइ छ । किनार रेष्टुरेन्ट एण्ड बारका सञ्चालक समेत रहनु भएका व्यवसायी ढुङ्गनाले प्राकृतिक रूपमा अत्यन्त आकर्षक , जैविक विविधताले भरिपुर्ण शान्त र रमणीय यो क्षेत्रमा अन्यत्र भन्दा लामो दुरीको नौका बिहारको मज्जा लिन सकिने बताउनु भयो ।

चितवन राष्ट्रिय निकुञ्ज र कुमरोज मध्यवर्ती सामुदायिक वनको जंगल बीच बाट बग्ने राप्ती नदीमा नौका विहारको अनुभूति गर्न पाइन्छ। करिब एक घण्टा समय लाग्ने यो यात्रा सौराहाबाट करिब १० किलोमिटर पूर्वमा पर्छ। नौका विहारका लागि विदेशी पर्यटकले निकुञ्ज प्रवेश शुल्क दुई हजार, सार्क देशका पर्यटकले एक हजार रुपैयाँ र नेपालीले १५० रुपैयाँ तिर्नुपदर्छ। डुङ्गाको भाडा पाँच सय रुपैयाँ अतिरिक्त तिर्ने व्यवस्था गरिएको छ।यो स्थान पुग्न कुमरोज मध्यवर्ती वन पार गर्नुपर्ने भएकाले यात्रामा जंगल सफारीको अनुभव पनि गर्न सकिन्छ । बाघ, गैँडा लगायतका वन्यजन्तु, जलचर र चराचुरुङ्गीको सजिलै अवलोकन गर्न सकिने भएकाले अन्य क्षेत्रको तुलनामा यो क्षेत्र थप आकर्षक रहेको छ।

राप्ती नदिमा वि. सं. २०५० सालको बाढी पछि यो क्षेत्रमा मानव बस्ती सारेर खाली गरिएको ऐतिहासिक पदमपुर हुंदै नौका विहार गरिन्छ । पदमपुर स्थानान्तरणको इतिहास समेत पर्यटकलाई जानकारी गराइने संचालन पक्षले जनाएको छ। हाल यहाँगर्न सकिने छ ।

 


सौराहामा घुम्न आउने वार्षिक करिब दुई लाख पर्यटक मध्ये करिब ७० प्रतिशतले नौका विहार गर्ने गरेको तथ्यांकले देखाएको छ । अहिले सौराहा–दुधौरा घाट, बुढी राप्तीमा बाघमारादेखि खोरसोर, ढुँग्रे खोलामा जनकौलीदेखि हात्ती सारसम्मका विभिन्न रुटमा जलविहार भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र विभिन्न नदीका नौ स्थानमा जल सफारी सुविधा उपलब्ध छन्।

 

Subcategories