News

फागुन २४, चितवन। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ११९ क्षेत्रमा विजयी भएकोे छ । आइतबार बेलुका ५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ६ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ । त्यस्तै, नेकपा (एमाले) सात स्थानमा विजयी भएको छ भने तीन स्थानमा अगाडि रहेको छ । आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट हालसम्म सात उम्मेदवार विजयी भएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी भए । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भए ।

समानुपातिकतर्फ

प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म ४५ लाख ३० हजार ९१३ मतगणना सम्पन्न भएको छ । त्यसमध्ये रास्वपाले २२ लाख ३९ हजार ८७०, कांग्रेसले सात लाख ६० हजार ४८५, एमालेले छ लाख ४६ हजार ७७० र नेकपाले तीन लाख चार हजार ६२, राप्रपाले एक लाख ६३ हजार १५१ र श्रम संस्कृति पार्टीले एक लाख सात हजार ३२ मत प्राप्त गरेको छ ।

फागुन ६, चितवन । कोमल चन्द्र भगत ।
नेपालको बदलिँदो सन्दर्भमा सामुदायिक वनको सामाजिक पारिस्थितिक आयामहरू विषयक परिचयात्मक गोष्ठी डिभिजनल वन कार्यालय चितवनमा सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालय राष्ट्रिय प्राथमिकता क्षेत्र अन्तर्गतको उत्कृष्ट अनुसन्धान परियोजना अन्तर्गत सिन्धुपाल्चोकको ठोकर्पा र चितवनको बरण्डाभार क्षेत्रमा सञ्चालन भएको छ । अहिलेको बदलिँदो सामाजिक, राजनीतिक, र वातावरणीय अवस्था, मानिस र वनसँगको सम्बन्ध लाई मध्यनजर गर्दै , भविष्यको सामुदायिक वनको अवधारणा कस्तो हुनुपर्छ भन्ने हेतुले तीन वर्षका लागि यो परियोजना सुरु गरिएको हो । यो अनुसन्धानको बारेमा परियोजनाका प्रमुख अनुसन्धानकर्ता सहप्राध्यापक डा. सोनी बरालले प्रकाश पार्नुभयो। त्यस्तै प्राध्यापक डा. कृष्णराज तिवारीले यस अनुसन्धानको महत्त्व र यसको अवधारणामा थप प्रकाश पार्नुभयो। त्यस्तैगरी प्राध्यापक डा. वीरबहादुर खनाल क्षेत्रीले यस परियोजनाले भविष्यमा पुर्‍याउन सक्ने ठोस योगदानको बारेमा बताउनु भयो।


वन कार्यालयका वन अधिकृतहरू दिनेश हुमागाईं र तारा शिवाकोटीका साथ विभिन्न पदमा कार्यरत २३ जना कर्मचारीहरूले आफ्ना मन्तव्य राख्दै यो अनुसन्धान समय सापक्ष रहेको बताएका थिए । विगत धेरै समय देखि एउटै अवधारणामा जुनसुकै परिवेशमा पनि सामुदायिक वन हस्तान्तरण हुँदै आइरहेकोमा अब यस्तो स्थिति परिवर्तन हुनुपर्छ भन्ने कुरा स्वीकार गरी यो परियोजनालाई कार्यान्वयन गर्नुपर्छ भनेर कार्यक्षेत्र छनोटको लागि सहयोग गरेको बताए । यस परियोजनाको कार्यान्वयनको क्रममा विभिन्न खालका दृष्यहरु बनाउँदै सरोकारवालाहरूसँग यस सम्बन्धी छलफल गर्दै अगाडि बढ्ने बताइएको छ । परियोजनाले भविष्यमा वन संरक्षणमा मात्र केन्द्रित नभई सदुपयोग मुखी हुनुपर्ने भन्ने कुरालाई ध्यानमा राखी अर्थपूर्ण सुझावहरु दिदै तथ्यमा आधारित नीति बनाउन सहयोग गर्ने देखिएको छ । यसमा संलग्न अनुसन्धानकर्ताहरू सुषमा पौडेल, गंगामाया न्यौपाने र सम्राट सुवेदीको पनि सहभागिता थियो ।

दमौली (तनहुँ), फागुन ६ ।

तनहुँको देवघाट गाउँपालिका ४ बाट दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवघाट(४ सार्वाङका ४० वर्षीय पूर्णबहादुर गुरूङ र २४ वर्षीय अर्जुन गुरूङ रहेका जिल्ला प्रहरी कार्यालयले जनएको छ । इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई रिस्ती खोलाबाट पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । ग्रामीण इलाकामा गस्ती गर्ने क्रममा निजहरूलाई बन्दुकसहित पक्राउ गरिएको उहाँले बताउनुभयो । निजहरूका साथबाट बारुद जस्तो देखिने कालोपदार्थ र फलामका टुक्रासमेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध मङ्गलबार जिल्ला अदालतबाट हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस

Subcategories