News

जेठ २२, चितवन ।

खैरहनी–१२ का सीमान्तकृत महिलाहरूको जीविकोपार्जन र आर्थिक सशक्तीकरणका लागि मौसमी तरकारी खेतीसम्बन्धी तालिम प्रदान गरिएको छ। करुणा ट्रस्ट युकेको आर्थिक तथा प्राविधिक सहयोग, खैरहनी नगरपालिकाको समन्वय र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) को आयोजनामा यो तालिम सञ्चालन भएको हो।

एड्वानले सञ्चालन गरेको तालिमले महिलाहरूलाई व्यावसायिक तरकारी खेतीका लागि उच्च प्रविधि, सीप र ज्ञानको प्रयोग गरी कम लागतमा उत्पादन गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ। कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख कविता उप्रेतीले किसानले फोनमार्फत समस्या टिपाएमा कृषि प्राविधिकले खेतमै पुगेर सेवा प्रदान गर्ने बताइन्। उनले विषादीरहित उत्पादनमा जोड दिँदै आगामी आर्थिक वर्षको बजेट निर्माणमा सामूहिक खेतीका लागि आवश्यक बजेट माग गर्न आग्रह गरिन्।

खैरहनी–१२ का वडाध्यक्ष केदारनाथ पन्तले कृषि समूह दर्ता गरी सामूहिक खेतीमा लाग्न सहभागी महिलाहरूलाई सुझाए। उनले वडाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

मङ्गलबार खैरहनी–१२ को सूर्यकिरण टोलमा आयोजित तालिममा अकबरे खुर्सानी, चुकन्दर र मौसमी तरकारी खेतीसम्बन्धी जानकारी प्रदान गरिएको सहजकर्ता सुनिता दराईले बताइन्। उनले तालिममा सहभागी समूहलाई बीउ पूँजीस्वरूप ५०,००० रुपैयाँ नगद प्रदान गरिएको जानकारी दिइन्।

तालिममा खैरहनी नगरपालिकाकी कृषि शाखा प्रमुख सृजना श्रेष्ठ, कार्यपालिका सदस्य दुखीराम दराई, वडा सदस्यहरू श्यामप्रसाद रेग्मी, एकला महतो, माया सार्की र अनिता चौधरीको उपस्थिति थियो। एड्वानकी अध्यक्ष विन्दु परियारको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो।

जेठ २२, रत्ननगर । । रत्ननगर उद्योग बाणिज्य संघमा उद्घोषण कला, बैठक सञ्चालन तथा माइन्यूट लेखन तालिम सुरु भएको छ । रत्ननगर नगरपालिकाको सहयोगमा आयोजित उक्त तालिमको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । सो अबसरमा उनले संघले उद्यामशिलता विकास र नेतृत्व विकासमा गरेको कामको अनुशरण गर्न योग्य रहेको बताए ।


निजी क्षेत्रले व्यवसायिक सुरक्षासंगै सामाजिक उत्तरदायित्व बहन गर्न सके विश्वास बढ्ने उनको भनाई छ । संघका अध्यक्ष शंकर गिरीले उद्यमी महिलाहरुलाई क्षमता तथा नेतृत्व विकासका लागि उद्घोषण कला, बैठक सञ्चालन तथा माइन्यूट लेखन तालिम आयोजना गरिएको बताए । नेतृत्व तहमा पुग्ने सम्भावना भएका उद्यमी महिलाहरुलाई केन्द्रीत गरी तालिम गरिएको उनको भनाई छ । लायन्स क्लयका नेता निरज श्रेष्ठले बैठक सञ्चालन तथा माइन्यूट लेखन तथा सञ्चारकर्मी रामकान्त पौडेलले उद्घोषण कला सम्बन्धी प्रशिक्षण दिनेछन् ।

संघकी कार्यसमिति सदस्य लक्ष्मी श्रेष्ठले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा संघका कार्यसमिति सदस्य रघुनाथ भट्टले कार्यक्रमको उद्देश्यमाथि प्रकास पारेका थिए । तालिममा ४० जनाको सहभागिता रहेको छ । रत्ननगर उद्योग बाणिज्य संघले स्थानीय सरकारको आर्थिक सहयोगमा महिलाहरुलाई उद्यामी बनाउन सीप मुलक तालिम सञ्चालन गरिरहेको छ । कार्यक्रम संघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको थियो ।


जेठ १८, चितवन ।
इमामी लिमिटेडको ’नवरत्न बीट मसाज २०२५’ अभियान चितवनमा सञ्चालनमा आएको छ । ७० दिने यस अभियानले उपभोक्तालाई प्रत्यक्ष संलग्न गराएर २ मिनेटमै टाउको दुखेको, शरीर दुखेको र तनावबाट शीतलताको राहत दिने विश्वास गरिएको छ ।
भारतको अग्रणी पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी मध्येको एक इमामी लिमिटेडले आफ्नो उत्कृष्ट उत्पादन नवरत्न तेलको उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउने उद्देश्यले नेपालभरि एक महत्वाकांक्षी नयाँ अभियान – ’नवरत्न बीट मसाज २०२५’ को शुभारम्भ गरेको हो । यो अभियान जेष्ठ ११ बाट सुरु भएर साउन १७ सम्म नेपालको तराई क्षेत्रमा केन्द्रित भएर संचालन गरिने कम्पनीले जनाएको छ ।

 

जेष्ठ १८ गते चितवनको रत्ननगर नगरपालिकाकोे टाँडी चोकमा, जेष्ठ १९ गते भरतपुरको पारस बसपार्कमा र जेष्ठ २० गते गैँडाकोटको सैलुन र मोबाइल स्टलमार्फत उपभोक्ताहरुलाई नवरत्न तेलको ठण्डा–ठण्डा कुल कुल अनुभव गराइएको थियो ।
यो नयाँ ७० दिने अभियानले पूर्वी तथा पश्चिमी नेपालका २४ जिल्लाहरू मा सेवा दिने छ । यस अभियान अन्तर्गत ३०० भन्दा बढी ब्रान्डेड सैलुनहरू र ६० वटा मोबाइल स्टलमार्फत निःशुल्क २–मिनेटको नवरत्न हेड मसाज प्रदान गरिनेछ । यसबाट हजारौं उपभोक्ताहरूले दैनिक रूपमा नौ आयुर्वेदिक जडिबुटीहरूको शक्तिशाली मिश्रणबाट बनेको नवरत्न तेलको शीतलता र तनाव कम गर्ने फाइदाहरू अनुभव गर्न सक्ने विश्वास लिएको छ ।
अभियानमा खटिएका दुई समर्पित टोलीले दैनिक १०० किलोमिटरभन्दा बढी यात्रा गर्नेछन । उनीहरूले अन्तरक्रियात्मक स्टलहरू, सवारी साधनको ब्रान्डिङ, सार्वजनिक घोषणाहरू, २–मिनेट च्यालेन्ज, कूल कूल पर्फमेन्स जस्ता विभिन्न खेलहरू मार्फत उपभोक्ताहरूलाई प्रत्यक्ष अनुभव प्रदान गर्नेछन्।
यस अभियानले प्रत्यक्ष संलग्नता मार्फत ६०,००० भन्दा बढी उपभोक्ताहरू सम्म पुग्ने अपेक्षा राखेको छ । जसमा १२,००० भन्दा बढी वेट स्याम्पलिङ (मसाज) र ३०,००० भन्दा बढी ड्राई स्याम्पलिङ (स्यासे वितरण) समावेश छन्।


नवरत्न तेलका ब्रान्ड म्यानेजर बिकास तिवारीलले अभियानबारे आफ्नो उत्साह व्यक्त गर्दै भन्नुभयोः“नवरत्न बीट मसाज २०२५ मार्फत उपभोक्ताहरूलाई राहत र ताजगी केवल दुई मिनेट टाढा छ भन्ने कुरा स्मरण गराउन चाहन्छौं । यो अभियानले ब्रान्डलाई हाम्रा प्रयोगकर्ताहरूसँग नजिक ल्याउँनेछ , जसले गर्दा उनीहरूले नवरत्न तेलले प्रदान गर्ने प्राकृतिक र प्रभावकारी शीतलतालाई साँच्चिकै महसुस गर्न सक्नेछन् । हामी विश्वास गर्छौं कि उपभोक्ताको प्रत्यक्ष अनुभवले नवरत्न तेललाई हरेक नेपाली घरपरिवारमा एक विश्वसनीय वेल्नेस सहयात्रीको रूपमा अझ स्थापित गर्नेछ।“ बढ्दो तनाव र थकानलाई मध्यनजर गर्दै, तेलको सन्देश एकदमै सरल र प्रभावकारी बनेको छ । ।

Subcategories