News

 

चितवन, माघ २ ।
नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ ९उवासंघ० चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा विविधि विविधि गतिबिधिहरु भइरहेका छन् । जसमा दैनिक सांस्कृतिक कार्यक्रम भइरहेको छ भने कहिले काहिँ खेलकुदका गतिविधि समेत भइरहेका छन् । महोत्सव परिसरमा आज बिहान स्लो साइकल रेस प्रतियोगिता सम्पन्न भएको छ । साइकल व्यावसायी संघ चितवन नवलपुरसँगको सहकार्यमा महोत्सव मुल समितिले स्लो साइकल रेस प्रतियोगिता आयोजना गरेको हो । ३८ जना सहभागि भएको प्रतियोगितामा प्रथम, द्दित्तिय र तृतिय हुनेलाई साइकल पुरस्कार दिइएको चितवन महोत्सव खेलकुद समिति संयोजक शंकर प्रसाद घिमिरेले जानकारी दिए ।

स्लो साइकल रेसमा करन खड्का प्रथम, अन्जित ढकाल द्दित्तिय र सुरेश राना तृतिय हुन सफल भएका छन् । उनीहरुले क्रमशः गेर साइकल, लेडिज साइकल र सानो साइकल पुरस्कार प्राप्त गरेका छन् । खुला रुपमा खेलाडीको दर्ता गराइएको थियो । दर्ता शुल्क प्रति खेलाडी रु १०० रुपैयाँ तोकिएको थियो । प्रतियोगितापछि उद्योग वाणिज्य संघ समित र कर्मचारीहरु पनि मैत्रिपूर्णरुपमा स्लो साइकल रेस खेलेका थिए ।

पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

चितवन महोत्सव अन्तर्गत नै पुष २९ गतेबाट नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल समेत सुरु भएको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ ।

माघ २, चितवन । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । न्यायाधीश आदेशलाई अन्तिम रुप दिने क्रममा छन् । यसै बीचमा इजलास बाहिर आएका कर्मचारीले धरौटी आदेशबारे सूचना दिइरहेका छन् । यो आदेशपछि लामिछाने पक्षले जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी गरिरहेको छ । लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए । त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा थिए ।

कास्की जिल्ला अदालतको आदेशपछि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएको थियो भने रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

माघ २, चितवन । तस्विर कोमल चन्द्र भगत ।  सनातन सभ्यता संस्कार संस्कृति रक्षार्थ र वैदिक सनातन हिन्दू राष्ट्र पुनस्थापनका लागि काम गर्दै आएको विश्व हिन्दु महासंघ चितवनले मकर संक्रान्तिको बेला देवघाट नै कब्जा गरी अरुको गतिविधि निस्तेज गर्ने दुष्प्रयास प्रति आपत्ति जनाएको छ । आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै स्वघोषित महाराजले जिल्ला प्रशासन कार्यालयमा त्यस्ता कार्यलाई सच्याउने र सबैको साझा थलोको रुपमा र साझा एजेण्डाको रुपमा काम गर्न प्रतिबद्धता गरे पनि उन गतिविधी नरोकिएको महासंघले जनाएको छ । ऐतिहासिक धार्मिक एवं पौराणिक देवघाट धामको गरिमा आफैंमा महत्त्त्वपूर्ण छ।
देवघाटसँग जोडेर महामहोत्सव नाम दिइएको ईश्वर कृष्ण भुर्तेलले आयोजना गरेको एक महिना लामो महामहोत्सव सुरुबाटै विवादित भइरहँदा उनका गतिविधि र दादागिरी झन् बढाउँदै गएको भन्दै महासंघले विरोध गरेको हो । ठाउँ ठाउँ र देवघाटमा समेत विभिन्न अनुष्ठानमा विवादमा परेका स्वघोषित महाराज आफ्ना कर्तुत लुकाउनकै लागि अन्य संघ संगठनलाई मानमर्दन गर्ने झुट र भ्रामक प्रचार गर्ने छद्मभेसी भाषा अपनाउने काम गरिरहेको विश्व हिन्दु महासंघ चितवनका अध्यक्ष प्रेम प्रसाद गैरेले जानकारी दिनुभयो । सोझो समाज र कृपालु भक्तजनहरूको श्रद्धा र भावनासँग खेली करोडौं रकम उठाउने धन्दा चलाइरहेको परिपेक्षमा पारदर्शिता र स्पष्टता खोज्दा महाराज भनिएका भुर्तेल रिसाउने आफ्नै सेना छन् ,भन्ने आफ्नै टेलिभिजन छ जसबाट प्रचारप्रसार गरेर विभिन्न संस्थाको बदनाम गर्छु भन्ने जस्ता गैर जिम्मेवारी अभिव्यक्ति दिने बेथिती बिरुद्द को आवाज उठाउने संस्थाहरुलाई किन्न सक्छु भन्ने विभिन्न आरोप प्रत्यारोप लगाउने व्यवहारप्रति विश्व हिन्दु महासंघले खेद प्रकट गरेको अध्यक्ष गैरेले बताउनु भयो ।

महामहोत्सव भनेको के हो ? यसको धार्मिक र वैदिक महत्त्व के छ ? यो बारे पनि प्रष्ट पार्न निज स्वघोषित महाराजलाई महासंघले चुनौती दिएको छ । साथै देवघाट क्षेत्रको पुरातात्विक र शास्त्रीय महत्वको भावना बुझेर मात्रै कंक्रीट र बालुवाको संरचना बनाउन स्वीकृति दिन त्यस पालिका र देवघाट क्षेत्र विकास समितिलाई अनुरोध महासंघले अनुरोध गरेको छ । विकास का नाममा पुरातात्विक महत्व नबुझी ऋषी परम्पराको केन्द्रको रुपमा स्थापित देवघाट क्षेत्र लाई कंक्रीट र बालुवाको कृत्रिम शहर बनाउने काम सनातन सस्कृती र सभ्यताको संरक्षण बिरुद्दको कार्य हो । यस्ता आदिप्रयागराज देवघट्टमा मकर महिनाको विशिष्ट समयमा उपस्थित भक्तहरूलाई बिनाशास्त्रीय अनुष्ठान एउटा चटके नाटक मञ्चन गरी व्यबकुब बनाउने कार्यले सनातन संस्कृतिमाथिको आस्थामा नै आच आउने हुँदा यस्तो नौटंकी र व्यवसायी सोच भएका शास्त्रीय मर्यादा र आचारसंहिताको धज्जी उडाउने महाठगदेखि सचेत तथा साबधान रहन सम्पूर्ण सनातनीहरुलाई हार्दिक अपिल गरिएको छ ।

यी र यस्ता पर्वहरूको विशिष्टतालाई भजाएर आर्थिक लाभ लिई धर्मका नाममा लुट मच्चाउने व्यक्तिहरुलाई सनातनी समाजले पक्कै बहिष्कार गर्नेमा महासंघ जनाएको छ । वैदिक शास्त्रीय अनुष्ठानहरु नै समावेश नभएको महामहोत्सव नामक नाटकलाई दान दिनु सनातन संस्कृति र कुल परम्पराको समेत विरुद्ध हुने हुँदा दान र व्यासको मर्यादालाई ख्याल गरी यी र यस्ता गतिविधिलाई निरुत्साहित गर्न सम्पुर्ण सनातनी हरुलाई अनुरोध विश्व हिन्दु महासंघले गरेको छ ।

Subcategories