News

२३ भदौ, काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

 

चितवन, भदौ १४ ।

चितवनको भरतपुरमा गएराती भएको सवारी दुर्घटनामा चिकित्सकको ज्यान गएको छ। भरतपुर महानगरपालिका–१० बिशालचोकमा रमाइलो चोकतर्फबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराती करिब १ः३० बजे अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा. बिप्लब भट्टको ज्यान गएको हो । पुरानो मेडिकल कलेजमा आफ्नो डिउटी सकेर घर फर्कदै गर्दा दुर्घटनामा परी गम्भिर घाइते भएका डा.भट्टको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा राति नै २ः०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । । डा. भट्ट लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आर नेपालका पिडिजी रामप्रसाद भट्टका कान्छा छोरा हुन् । 

भदौ ११, चितवन । चितवनबाट दुई किशोरी बेपत्ता भएका छन् । भरतपुर महानरपालिका १० बस्दै आएका १६ वर्षीया रिना थापा र उनकी बहिनी १३ वर्षीया रोशनी थापा बेपत्ता भएको रोशनीकी फुपु तारा माकाजुले जानकारी दिइन । उनको अनुसार रिना र रोशनी दिदीबहिनीका छोरी हुन् । तीजको दर खाने दिन खाना खाएर सँगै सुतेका रिना र रोशनी हिजो (मंगलबार) बिहान घरमा नभएको र उनीहरु बेपत्ता भएको खबर बिहान ५ बजे मात्रै परिवारले थाहा पाएको ताराले जानकारी दिइन् । ताराले भनिन्, रिनाले परिवार र आफन्त सबैको मोबाइल नम्बर ब्लक गरेकी छिन् र नयाँ नम्बरबाट फोन गर्दा लागेपनि फोन उठेको छैन । अनि दोहोराएर फोन गर्दा नयाँ नम्बर पनि बलक गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले किशोरीहरु हराएको भन्ने उजुरी आएपछि खोजबिन सुरु गरिएको बताए । उनीहरूको अन्तिम लोकेशन काठमाडौं देखिएकाले काठमाडौं प्रहरीसँग पनि समन्वय गरेर काम भइरहेको बताइएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ७ घर भएका उनीहरु दुवै चितवन बस्दै आएका थिए । उनीहरुलाई कोही कसैले कतै देखेमा नजिकको प्रहरी कार्यालयमा अथवा आफन्तको सम्पर्क नम्बर ९८१८३४५३०२ र ९८१०३२१७६७ मा खबर गर्न परिवारले अनुरोध गरेको छ ।

Subcategories