News

 

 चितवन, माघ ६ । 

 उद्योग वाणिज्य संघ ९उवासंघ० चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।

महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको बाह्रौं दिन भोलि माघ ७ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् ।

महोत्सव सांस्कृतिक समिति संयोजक नारायण प्रधानका अनुसार भोलि ११ः३० बजेपछि कलाकार प्रजापती पराजुली र शान्तारानी परियारको प्रस्तुती रहने छ । त्यसैगरी २ः३० बजेपछि रचना रिमालको प्रस्तुती रहने छ । त्यसैगरी समय समयमा स्थानीय कलाकार निश्चल मगर र सम्झाना श्रेष्ठको प्र्रस्तुती रहने छ ।

त्यसैगरी भोलि समय समयमा नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुती, थारु कल्याणकारी सभा चितवन, नेपाल बोटे समाज चितवन, दासढुङ्गा युवा क्लव, नेपाल मगर संघ, तमु ह्युला छोंज धीको प्रस्तुती रहने छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता भालि पनि जारी रहने छ । दोहोरी प्रतियोगिताको फाइनल माघ ८ गते हुने छ ।

पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

चितवन महोत्सव अन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ । फुड फेस्टिबल भोलि माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन भइरहेको छ । फुड फेस्बिटलमा समेत विविधि सांस्कृतिक कार्यक्रम भइरहेको छ ।

 

 

चितवन, माघ ६ । तस्विर कोमलचन्द्र भगत ।
चितवन महोत्सवका अवसरमा आयोजित ‘चितवनको शिक्षामा नीजि लगानीः वर्तमान अवस्था र अवसर’ विषयक शिक्षा गोष्ठी सम्पन्न भएको छ ।

उवासंघ चितवनको सभाहलमा सम्पन्न गोष्ठीमा चितवनको शिक्षासहित देशकै समग्र शिक्षामा नीजि लगानी अवसर र चुनौती लगायतका विविधि विषयमा छलफल भएको छ ।

वैदेशिक शिक्षाका लागि विद्यार्थीको पलायन नै अहिलेको ठूलो चुनौती रहेको कुरामा गोष्ठी बढी केन्द्रीत बन्यो । गोष्ठीमा सहभागी शिक्षाविदहरुले कलेजभन्दा कन्सल्टेन्सीको संख्या बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

 

गोष्ठीमा विभिन्न क्षेत्रका शिक्षा विद, विद्यालय र क्याम्पसका शिक्षक तथा प्राध्यापक, विद्यार्थी नेता र उद्योग वाणिज्य संघका नेतृत्वहरुको सहभागीता रहेको थियो । गोष्ठीमा प्रुमख अतिथिका रुपमा शिक्षा मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीको उपस्थिति रहेको थियो ।

गोष्ठीमा सहभागी वक्ताहरुले चितवनको शिक्षामा नीजि लगानी बढ्दै गएको बताएका छन् । चितवनमा कृषि, पर्यटन, आइटी, हस्पिटालिटी, मेडिकल शिक्षा लगायतको क्षेत्रमा प्रचुर अवसर रहेको कुरा सहभागीहरुले बताएका छन् । विविध क्षेत्रमा अवसर भए पनि विद्यार्थीको बढ्दो वैदेशिक पलायन नै अहिलेको प्रमुख चुनौती बनेको गोष्ठीमा सहभागीहरुले बताए ।

पछिल्लो समय ब्याचलर तहमा विद्यार्थी पाउन गाह्रो, अस्वस्थ प्रतिस्पर्धा, दक्ष शिक्षक पाउन मुस्किल, शिक्षा प्रणालीमा समस्या लगायतका विविध समस्याहरु रहेको वक्ताहरुले औंल्याएका छन् ।

त्यसैगरी सरकारले ८ कक्षासम्म निःशुल्क शिक्षा भनेकाले विद्यालय तहमा नीजि लगानी चुनौतीपूर्ण हुँदै जानेतर्फ पनि शिक्षा विदहरुले सुझाव दिएका छन् । शिक्षामा नीजि लगानी आवश्यक रहेको भए पनि अस्वस्थ प्रतिस्पर्धा हुँदा आलोचना खेपिरहनु परेको सहभागीहरुले बताएका छन् ।

विदेशी विद्यार्थी ल्याउने अवसर समेत नेपालमा रहेको कुरामा जोड दिँदै सहभागीहरुले कस्तो शिक्षामा लगानी गरियो भने यहाँ विद्यार्थी टिकाउन सकिन्छ र बाहिरबाट समेत विद्यार्थी ल्याउन सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने सुझाव राखे । चीन र भारतका विद्यार्थीलाई कसरी नेपालमा ल्याएर पढाउन सकिन्छ भन्नेतर्फ सोचेर लगानी गर्नुपर्ने कुरा समेत गोष्ठीमा उठेको छ ।

विद्यालयहरु यो धनिले पढ्ने र यो गरिबले पढ्ने भनि जुन भाष्य समाजमा निर्माण भएको छ यसलाई हटाउन आवश्यक रहेको कुरा समेत गोष्ठीमा उठेको छ ।

शिक्षा मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले शिक्षा सेवामुलक हुनुपर्नेमा जोड दिँदै नीजि क्षेत्रले लगानी गरेका छौं भन्दैमा धेरै नाफामुलक बनाउन नहुने बताए ।

पहिला गाउँबाट शहर पढ्न आउने प्रवृत्ति रहेको सम्झँदै उनले अहिले शहरबाट विदेश पढ्न जाने लहर बढेको बताए । यो समस्या हो तर यो कसरी आयो भन्ने कुरामा हामीले विचार गर्नुपर्ने बताए । मेरो बच्चा विदेश पढ्नुपर्छ भन्ने सामाजिक मनोविज्ञानले गर्दा विदेश जाने लहर झन् बढ्दै गएको उनको तर्क थियो ।

लामो समयसम्म विदेश जाने क्रम नरहने बताउँदै उनले यो एउटा बिन्दुमा पुगेर क्रमशः घट्दै जाने भएकाले निराश नहुन सहभागीहरुलाई आग्रह गरे । सँधै वैदेशिक शिक्षा नै प्रमुख रोजाइ नहुने निश्चित रहेको बताउँदै उनले गोष्ठीमा उठेका विविध विषयलाई सरकारले गम्भीररुपमा लिएर अघि बढ्ने बताएका छन् ।

गोष्ठी कार्यक्रमका संयोजक एवम् चितवन महोत्सव शिक्षा समिति संयोजक शंकर अधिकारीले गोष्ठीमा उठेका विषयहरुलाई उद्योग वाणिज्य संघ ९उवासंघ० चितवनले सम्बन्धित निकायहरुमा पुर्याउने बताउँदै चितवनको शिक्षा क्षेत्रको विकासमा गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरे ।

चितवन, माघ ५ । तस्विर कोमलचन्द्र भगत । 

चितवनको दिगो पर्यटन विकासका लागि पर्यटन व्यवसायीहरुले अहम्तलाई त्यागेर एकीकृत पर्यटन प्याकेज ल्याउनुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।

चितवन महोत्सवका अवसरमा उद्योग वाणिज्य संघ ९उवासंघ० चितवनको सभाहलमा आयोजित ‘चितवनको दिगो पर्यटन विकासमा सरोकारवालाको भूमिका’ विषयक गोष्ठीमा सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन् ।

चितवनका विभिन्न पर्यटकीय क्षेत्रमा रहेका पर्यटन विकास समितिका प्रतिनिधि, पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि, पर्यटनसँग सम्बन्धित व्यवसायीका छाता संगठनका प्रतिनिधि, पालिकाका पर्यटन शाखाका प्रतिनिधि, पर्यटन विज्ञ लगयातका सरोकारवालाहरुबीच भएको अन्र्तक्रियात्मक गोष्ठीमा विविध विषयमा छलफल भएको छ ।

चितवनका पर्यटकीय क्षेत्र सौराह क्षेत्र, मेघौली क्षेत्र, पटिहानी क्षेत्र, माडी क्षेत्र, इच्छाकामना क्षेत्र लगायतका पर्यटकीय क्षेत्रहरुबाट त्यहाँका पर्यटनसँग सम्बन्धित सरोकारवालाहरुको उपस्थितिमा भएको गोष्ठीमा सहभागीहरुले चितवनको दिगो पर्यटन विकासका विविध पक्षमा अन्र्तक्रिया गरे ।

गोष्ठी कार्यक्रमका स्रोत व्यक्ति एवम् पर्यटन विज्ञ विश्वराज सुवेदीले चितवनका प्रमुख पर्यटकीय गन्तव्यहरुको पछिल्लो अवस्थाको बारेमा प्रस्तुति दिएका थिए । उनले चितवनमा दिगो पर्यटन विकासका लागि चितवनमा पर्यटनका आकर्षणका केन्द्र थप्नुपर्ने, विमानस्थललाई विस्तार गर्नुपर्ने, चितवनको कुनै एक ठाउँलाई तोकेर त्यहाँ नाइट लाइफ सुरु गर्नुपर्ने, जिल्लाभर एकीकृत पर्यटन विकास गर्नुपर्ने, मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्नुपर्ने लगायतका विविध सुझावहरु राखेका थिए ।

पटिहानी र मेघौलीबाट सहभागी जनाउनेहरुले पर्यटकीय गन्तव्यको प्रचार र विकास गर्दा प्रतिस्पर्धि हैन सहकार्यमा गर्नुपर्ने सुझाव दिएका छन् । सौराह र मेघौली–पटिहानी दुई प्रतिसपर्धि जस्तै अघि बढिरहेकोतर्फ इंगित गर्दै उनीहरुले सौराह र मेघौली–पटिहानी क्षेत्र सहकार्यमा अघि बढ्नुपर्ने आशय व्यक्त गरे । चितवन पर्यटन महोत्सव नै आयोजना गरी चितवनको एकीकृत पर्यटन विकास र प्रवद्र्धनमा लाग्नुपर्ने त्यस क्षेत्रका सहभागीहरुको जोड थियो ।

चितवनको दिगो पर्यटन विकासका लागि मेघोली क्षेत्रको विकास अपरिहार्य रहेकोमा जोड दिँदै त्यस क्षेत्रका सरोकारवालाहरुले गोलाघाट नवलपुर जोड्ने पुल बनाउनु पर्ने, मेघौली विमान स्थल सञ्चालन गरिनुपर्ने, देवघाट–मेघौली–त्रिवेणीसम्मको जलयात्रा सुरु गरिनुपर्ने लगायतका सुझाव प्रस्तुत गरेका छन् ।

माडीबाट सहभागी जनाउने सरोकारवालाहरुले चितवन राष्ट्रिय निकुञ्जका कारण सौराहा तेश्रो पर्यटकीय गन्तव्य बनेको तर निकुञ्जकै कारण माडी दर्दनाक अवस्थामा रहेको भन्दै दुखः व्यक्त गरे । माडीमा पनि पर्यटन विकासको प्रचुर संभावना रहेको बताउँदै वक्ताहरुले चितवन जिल्ला भरि नै एकीकृत पर्यटन प्याकेज बनाउनु पर्ने धारणा राखे । यसो गरेमात्र चितवनको दिगो पर्यटन विकास हुन सक्ने उनीहरुको जोड ।

सौराहबाट सहभागी वक्ताहरुले सौराह आएका पर्यटकलाई मेघौली, पटिहानी र माडी पुर्याउन त्यस क्षेत्रका व्यक्तिहरुले काम गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक सहयोग गर्न सौराह तयार रहेको बताए ।

गोष्ठीमा सहभागी अन्य सरोकारवालाहरुले पर्यटन गाइडहरुलाई समयसमयमा तालिम दिइनुपर्ने, बाह्य पर्यटकका लागि आन्तरिक हवाइ भाडा कम हुनुपर्ने, रैथाने खानालाई ब्राण्डिङ् गर्नुपर्ने, कोदोको रक्सीलाई ब्राण्डिङ् गर्नुपर्ने, पर्यटकीय क्षेत्रमा गाँजा सेवन गर्न पाइने बनाउनु पर्ने, टाइगर टपलाई पुनः सञ्चालन गरिनुपर्ने, मनोरञ्जन पार्कहरु बनाउनुपर्ने, चिन र भारतका पर्यटकलाई लक्षित गरी कार्यक्रम ल्याइनुपर्ने, विदेशी पर्यटक नेपाल आउँदा विमानको सहज व्यवस्थापनमा राज्यले पहल गर्नुपर्ने, अन्र्तर्राष्ट्रिय विमान भाडा कम गर्नतर्फ लाग्नुपर्ने, नेपाल पर्यटकका लागि कम्बो प्याकेज बन्ने संभावना भएको मुलुक भएकाले यसतर्फ राज्यले नै नीतिगत तहबाटै विविध काम गर्नुपर्ने लगायतका विविध धारणाहरु प्रस्तुत गरेका छन् ।

नीजि क्षेत्र पर्यटनमा लागनी गरेको गरै गर्ने तर राज्य भने संरचना बनाउन ढिला सुस्ती गर्दा लगानी कर्तामा निराशा आउन थालेको भन्दै सहभागीहरुले चिन्ता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुकेले पर्यटन व्यवसायीबीचको अहम्ताले व्यवसायीले आफ्नो खुट्टामा आफै बन्चरो हानिरहेको बताए । सौराहाका व्यवसायीहरुले चितवनको अन्य क्षेत्रको विकासमा त्यति चासो नदिएको भन्दै अध्यक्ष चुकेले यसले चितवनको दिगो पर्यटन विकासमा नकरात्मक असर पार्न सक्नेतर्फ सचेत गराए । पर्यटन मन्त्रालयले पनि पर्यटन विकासमा त्यति प्रभावकारी भएर काम गर्न नसकेको बताउँदै अध्यक्ष चुकेले देशको पर्यटन विकासमा राज्य नै बढी जिम्मेवार हुन नसकेको धारणा राखे ।

गोष्ठीमा सहभागीहरुलाई उवासंघ चितवनका अध्यक्ष एवम् महोत्सव मुल समिति संयोजक सुमन कुमार श्रेष्ठले स्वागत गर्दै राज्यका विविध नीतिका कारण चितवन महोत्सवमा आफूहरुले सोचे जसरी पर्यटन प्रवद्र्धन गर्न नपाएको बताए ।

चितवनमा पर्यटन क्षेत्रमा ठूलो लगानी रहेको बताउँदै उनले यसले चितवनको पर्यटन विकासलाई दिगो बनाउने बताए । निकुञ्जमा जंगल सफारीका लागि सौराहसँगै पटिहानी र मेघौली पनि रहेको भन्दै यसको एकीकृत प्रचार हुनुपर्नेमा उनको जोड थियो । त्यसैगरी होमस्टेहरुको विकास गरी पर्यटकको बसाई कसरी हुन्छ चितवनमा लम्बाउनतर्फ सबै क्षेत्रका व्यवसायी एकजुट भएर लाग्नुपर्ने उनको धारणा थियो ।

महोत्सव पर्यटन समिति संयोजक इमान्दु बरालले महोत्वबाट निस्केका निचोडलाई सम्बन्धित स्थानमा पुर्याउने बताउँदै र चितवनको दिगो पर्यटन विकासमा पर्यटन गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरे ।

Subcategories