News

विपिन आचार्य
२० मंसीर, रत्ननगर । रत्ननगरको निपनी स्थित श्री गायत्री हरिहर मन्दिरमा यहि मंसिर २४ गतेदेखि श्रीमद्भागवत धनधान्याचन ज्ञान महायज्ञ संचालन हुने भएको छ । महायज्ञ मुल समारोह समितिले बिहीबार पत्रकार सम्मेलन गरि महायज्ञको उदेश्य ,लक्ष्य बारे जानकारी गराएको हो । हरिहर मन्दिरलाई धाममा विस्तार गर्न पूर्वाधार तयार गर्ने, गायत्री गुरुकुलम्‌को भौतिक पूर्वाधार तयार गरी निकट भविष्यमा विद्यापीठमा रूपान्तरण गर्न र हरिहर सदनलाई पूर्णता दिने उदेश्यका साथ महायज्ञ आयोजना गरिएको महायज्ञ मुल समारोह समितिका संयोजक रुपन राज घिमिरेले जानकारी दिए । यी उदेश्यका लागि मन्दिरले स्थानीय, प्रदेश र संघीय सरकारसंग समन्वय गरी रत्ननगरलाई धार्मिक पर्यटकीय नगरीमा परिणत गर्ने लक्ष्य समेत लिएको छ ।

महायज्ञको पहिलो दिन मंसिर २४ गते शोभायात्रा र पूर्वाङ्ग भई पौष १ गते पूर्णाहुति हुनेगरि सञ्चालन हुने महायज्ञमा अनन्तश्रीविभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको प्रमुख आतिथ्यमा प्रखर वाचक पूज्य आचार्य ओमप्रकाश सुवेदीले कथा बाचन गर्ने संयोजक घिमिरेले जानकारी दिए । मन्दिरले ६ कक्षा देखि १२ कक्षा सम्म कक्षाहरू सञ्चालन गर्दै आएको छ भने ३५ जिल्लाका ७५ बटुकहरू र ६ जना गुरुहरूलाई आवासीय सेवा(सुविधासहित निःशुल्क सेवा(सुविधा दिएको छ । यस गुरुकुलम्लाई आवश्यक पूर्वाधार तयार गरी निकट भविष्यमा संस्कृत विद्यापीठमा विस्तार गरी शास्त्री तहसम्मको शिक्षण सेवा दिने तयारीमा जुटेको महायज्ञका संयोजक घिमिरेले बताए ।

देशकै केन्द्रविन्दु, पूर्व(पश्चिम लोकमार्गको काखमा स्थापित यस हरिहर धामले स्वदेशी, विदेशी पथिक पर्यटकहरूलाई आवासीय सेवा(सुविधा पुऱ्याउने उद्देश्यबाट २०७६ मा करिब १५ करोडको कुल लागतमा सम्पन्न हुनेगरि बृहत् गुरुयोजना पनि बनाएको छ । सोही अनुसार रत्ननगर नगरपालिका,प्रदेश सरकार र संघीय सरकारबाट करिब ५ करोडको लागतमा हरिहर धर्मशालाको निर्माण कार्य चालु अवस्थामा छ ।

मूल गुठदाता जिमिदार नाथुराम चौधरीबाट सहयोग भएको १ बिगाहा क्षेत्रफल गुठ जमिनमा वर्तमान संरचना अवस्थित छन् भने अन्य गुठदाता १७ जनाबाट समेत अहिले मन्दिरको गुठ जमिन २ विगाहा ९ कठ्ठा क्षेत्रफल रहेको छ । मन्दिर परिसरमा श्री हरिहर मन्दिर ९मूल मन्दिर० २०२८, श्री गायत्री माताको मन्दिर २०४५, हरिहर यज्ञशाला र हवनकुण्ड दीप प्रज्वलन( २०४९, श्री गणेश मन्दिर २०५६, हनुमान मन्दिर २०५९, २०७० मा पहिलो हवन यज्ञशालालाई विस्थापित गरी यज्ञशाला निर्माण र २०७३ मा १०८ शिवलिङ्ग स्थापना भई नित्य पूजा(वन्दना चलिआएको छ भने २०८१ को आषाढ २४ देखि हरिहर महाआरतीको कार्यक्रम पनि संचालन गर्दै आएको छ ।

चितवन,मंसिर १७ ।

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा चितवनले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै २ अंक जोडेको हो । काडमान्डुले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो । चितवनक लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । लुक बेन्केन्सटेइनले २२ रन योगदान गरे । शरद भेषावकर ११ रनमा अविजित रहे । काठमान्डुका लागि शाहब आलमले ३ विकेट लिएपनि चितवनलाई जितबाट रोक्न पर्याप्त भएन । त्यसअघि सोहेन तनविरले ५ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । काठमान्डुका सुमित महर्जनले २९ र माइकल लेभिटले २५ रन बनाएका थिए । चितवनका सोहेल तनविरले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए ।

मंसिर ०४, चितवन । तस्विर : कोमल चन्द्र भगत । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले टिमको जर्सी, मस्कट र गीत सार्वजनिक गरेको छ। शान्त स्वरुपको प्रतिक स्वरुप खरानी र चितवनको सूर्यास्तको झल्को दिने सुन्तला रंगको जर्सीमा एक सिङ्गे गैडाको आकृति राखिएको छ। चितवन राइनोजले चितवनको पहिचान, पर्यावरण र साँस्कृतिक पाटोलाई जर्सीमा मिश्रण गरेको छ। त्यस्तै, जर्सीमा राखिएको सुन्तला रंगले चितवनको सूर्योदय, सूर्यास्त र पाटेबाघको रंगलाई चित्रण गरिएको छ। जर्सीको अगाडिपट्टि सूर्योदयको र अर्कोपट्टिको भागले सूर्यास्तको संकेत गरेको छ।

गैंडाको छालाको रंग खरानी रंग समावेश गरिएको छ। एनपीएलका आठ प्रेन्चाइजमध्ये चितवन राइनोज मात्रै यस्तो टिम हो जसले मस्कट सार्वजनिक गरेको छ। त्यस्तै मास्कटको पछाडिको भागमा गैंडासहित चितवनको टेलिफोनको कोड नम्बर राखिएको छ। टिमको आधिकारिक गीतको सुरुवात नै आदिवासी थारु भाषामा छ। जितेर मात्रै घर फर्किने आशय थारु भाषामा छ। स्वप्निल शर्मा र रोहित शाक्यको शब्द र संगितमा गीत तयार गरिएको छ। चितवन राइनोजले समग्र चितवनको पहिचानलाई सम्बोधन गर्न खोजिएको भरतपुर महानगरकी प्रमुख रेनु दाहालले बताइन् । एकसिंगे गैडासहित पर्यटन प्रवद्र्धन, धार्मिक र पर्यावरणको सन्देशलाई एकै चिजमा मिश्रण गरेर फरक सन्देश दिन खोजेका दाहालको भनाइ छ । चितवनको पहिचान खागसहितको गैडाको मस्कट तयार गरिएको छ। जिल्लाका सँस्कृतिक, धार्मिक, पर्यटन र मौलिकतालाई समेटेर ‘खेल्दै छ गैंडा’ गीत सार्वजनिक गरिएको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सार्वजनिक गरेकी हुन्।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जर्सी, टिमको आधिकारिक गीत सार्वजनिक गरिन्। चितवनका प्रमुख जिल्लाअधिकारी प्रकाश पौडेल, चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पिया, चितवन मेडिकल कलेजका अध्यक्ष प्रा.डा. हरिशचन्द्र न्यौपाने, बागमती क्रिकेट संघका निर्देशक अनिल अधिकारी लगायतले चितवन राइनोजलाई शुभकामना दिएका थिए। चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले चितवनको साख र सानलाई उँचो पार्दै विजय हासिल गर्ने दाबी गरे।
चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल, राष्ट्रिय टोलीका खेलाडी शरद भेषवाकर, अमरसिंह रटौला, गौतम केसी, दीपेश श्रेष्ठलगायतका खेलाडी उपस्थित थिए। मेयर दाहालले दक्ष र योग्य खेलाडी समेटेकोमा चितवन राइनोजलाई अनुबन्ध गरेकोमा धन्यवाद दिइन्। ‘चितवन राइनोजले आफ्नो प्रशिक्षकमा नेपालका पूर्वप्रशिक्षक उमेश पटवाललाई नियुक्त गरेको छ।

Subcategories