News

जेठ २२, चितवन । तस्विर : कोमल चन्द्र भगत । चितवन राष्ट्रिय निकुञ्जले सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको एउटा भाले गैंडा (माइला)लाई सदर चिडियाखाना ललितपुरमा पठाएको छ । वन तथा वातावरण मन्त्रालयको गत वैशाख २४ गतेको निर्णयानुसार २३ महिनाको सो गैंडालाई बुधबार साँझ ललितपुर पठाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार बच्चा गैंडालाई चिडियाखाना पठाइएको हो । बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको माइलालाई यहाँ ल्याएर हुर्काइएको थियो । मन्त्रालयको निर्णयानुसार अर्को पोथी गैंडा पनि लैजाने तयारी गरिएको छ । सुचना अधिकारी मगरले बताए । करिब ३० महिनाको पोथी गैंडा (पुजा)लाई पनि लैजाने तयारी गरीएको भगरको भनाइ छ ।”
बुधबार नै पठाउने तयारी गरिएको भए पनि पुजा खोरमा जान नमानेपछि केही दिनपछि पठाउने तयारी गरिएको उनले बताए । सदर चिडियाखानामा गैंडा हेर्न आउने पर्यटकलाई देखाउनका लागि गैंडाका बच्चा लगिएको हो । हुर्काइएका गैंडा लैजाँदा मानविय क्षति कम हुने भएकाले यस्ता गैंडा लगिने गरेको छ ।

जेठ २२, चितवन ।

खैरहनी–१२ का सीमान्तकृत महिलाहरूको जीविकोपार्जन र आर्थिक सशक्तीकरणका लागि मौसमी तरकारी खेतीसम्बन्धी तालिम प्रदान गरिएको छ। करुणा ट्रस्ट युकेको आर्थिक तथा प्राविधिक सहयोग, खैरहनी नगरपालिकाको समन्वय र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) को आयोजनामा यो तालिम सञ्चालन भएको हो।

एड्वानले सञ्चालन गरेको तालिमले महिलाहरूलाई व्यावसायिक तरकारी खेतीका लागि उच्च प्रविधि, सीप र ज्ञानको प्रयोग गरी कम लागतमा उत्पादन गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ। कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख कविता उप्रेतीले किसानले फोनमार्फत समस्या टिपाएमा कृषि प्राविधिकले खेतमै पुगेर सेवा प्रदान गर्ने बताइन्। उनले विषादीरहित उत्पादनमा जोड दिँदै आगामी आर्थिक वर्षको बजेट निर्माणमा सामूहिक खेतीका लागि आवश्यक बजेट माग गर्न आग्रह गरिन्।

खैरहनी–१२ का वडाध्यक्ष केदारनाथ पन्तले कृषि समूह दर्ता गरी सामूहिक खेतीमा लाग्न सहभागी महिलाहरूलाई सुझाए। उनले वडाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

मङ्गलबार खैरहनी–१२ को सूर्यकिरण टोलमा आयोजित तालिममा अकबरे खुर्सानी, चुकन्दर र मौसमी तरकारी खेतीसम्बन्धी जानकारी प्रदान गरिएको सहजकर्ता सुनिता दराईले बताइन्। उनले तालिममा सहभागी समूहलाई बीउ पूँजीस्वरूप ५०,००० रुपैयाँ नगद प्रदान गरिएको जानकारी दिइन्।

तालिममा खैरहनी नगरपालिकाकी कृषि शाखा प्रमुख सृजना श्रेष्ठ, कार्यपालिका सदस्य दुखीराम दराई, वडा सदस्यहरू श्यामप्रसाद रेग्मी, एकला महतो, माया सार्की र अनिता चौधरीको उपस्थिति थियो। एड्वानकी अध्यक्ष विन्दु परियारको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो।

जेठ २२, रत्ननगर । । रत्ननगर उद्योग बाणिज्य संघमा उद्घोषण कला, बैठक सञ्चालन तथा माइन्यूट लेखन तालिम सुरु भएको छ । रत्ननगर नगरपालिकाको सहयोगमा आयोजित उक्त तालिमको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । सो अबसरमा उनले संघले उद्यामशिलता विकास र नेतृत्व विकासमा गरेको कामको अनुशरण गर्न योग्य रहेको बताए ।


निजी क्षेत्रले व्यवसायिक सुरक्षासंगै सामाजिक उत्तरदायित्व बहन गर्न सके विश्वास बढ्ने उनको भनाई छ । संघका अध्यक्ष शंकर गिरीले उद्यमी महिलाहरुलाई क्षमता तथा नेतृत्व विकासका लागि उद्घोषण कला, बैठक सञ्चालन तथा माइन्यूट लेखन तालिम आयोजना गरिएको बताए । नेतृत्व तहमा पुग्ने सम्भावना भएका उद्यमी महिलाहरुलाई केन्द्रीत गरी तालिम गरिएको उनको भनाई छ । लायन्स क्लयका नेता निरज श्रेष्ठले बैठक सञ्चालन तथा माइन्यूट लेखन तथा सञ्चारकर्मी रामकान्त पौडेलले उद्घोषण कला सम्बन्धी प्रशिक्षण दिनेछन् ।

संघकी कार्यसमिति सदस्य लक्ष्मी श्रेष्ठले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा संघका कार्यसमिति सदस्य रघुनाथ भट्टले कार्यक्रमको उद्देश्यमाथि प्रकास पारेका थिए । तालिममा ४० जनाको सहभागिता रहेको छ । रत्ननगर उद्योग बाणिज्य संघले स्थानीय सरकारको आर्थिक सहयोगमा महिलाहरुलाई उद्यामी बनाउन सीप मुलक तालिम सञ्चालन गरिरहेको छ । कार्यक्रम संघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको थियो ।

Subcategories