News

साउन २८, सौराहा । पवित्रा ढकाल / कोमल चन्द्र भगत । चितवनको पर्यटकीय नगरी सौराहामा सोमबार १३औं अन्तराष्ट्रिय हात्ती दिवस मनाइएको छ । युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा भएको कार्यक्रममा सौराहाका करिब ५ दर्जन भन्दा बढि हात्तीलाई वनभोज खुवाइएको छ ।

बाघमरा मध्यवर्ती सामुदायिक वनको परिसरमा आयोजित समारोहमा सौराहामा निजी स्तरमा पालेका र चितवन राष्ट्रिय निकुञ्जका हात्तीहरुलाई एकैठाउँमा राखेर वनभोजका रुपमा केक सहित मिष्ठान्न भोजन खुवाइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, क्षेत्रीय होटल संघ सौराहा, रेवान सौराहा सहित बाघमारा, चित्रसेन, कुमरोज मध्यवर्ती सामुदायिक वनसंगको सहकार्यमा हात्ती दिवस मनाइएको हो ।

हात्ती संरक्षणको सन्देश प्रवाह गर्न आयोजित कार्यक्रममा हात्तीलाई केक सहित उसलाई मनपर्ने परिकार खुवाइएको कार्यक्रम संयोजक शम्भूप्रसाद मालीले जानकारी दिनुभयो । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगाना र निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले हात्तीका छावालाई सख्खर र फलफुलबाट बनाइएको केक खुवाएर हात्ती दिवसको उद्घाटन गर्र्नु भएको थियो । हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत झन्डै पन्ध्र प्रकारका खानेकुरा खुवाइएको युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले बताए । अध्यक्ष खतिवडाले हात्ती सफारीको विकल्प स्वरुप हात्तीसंग पैदलयाउनुभयो ।

। हात्ती दिवस मनाउन आयोजित कार्यक्रममा सौराहाका व्यवसायी तथा रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले हात्ती दिवसलाई राज्यले प्राथमिकता नदिएको भन्दै आगामी दिनमा दिबसको कार्यक्रम सरकारी स्तरबाट मनाउनु पर्नेमा जोड दिनुभयो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुर्जापुनले हात्ती सफारीको विकल्प खोज्नुको साटो हात्तीको उपयोग र संरक्षणलाई ध्यान दिएर काम गर्नुपर्ने बताउनुभयो । हात्ती र मानब बीचको द्वन्द्वका कारण संरक्षणमा चुनौती थपिएको भन्दै उहांले धार्मिक आस्था र हात्तीको कारणले विपन्न समुदायको जीविकोपार्ननमा परेको सकरात्मक प्रभावलाई जनस्तर सम्म लैजानु पर्ने मा जोड दिनुभयो ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले चितवन राष्ट्रिय निकुञ्जको संरक्षण र पर्यापर्यटनमा हात्तीको भूमिका अग्रणी स्थानमा रहेको बताउनुभयो । निजी स्तरमा पालेका हात्तीहरुलाई चरिचरणको समस्या रहेको भन्दै अध्यक्ष ढुंगानाले राज्यले घरपालुवा हात्तीलाई पनि राज्यकै सम्पतीको रुपमा ग्रहण गर्नुपर्ने बताउनुभयो । कार्यक्रम युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

चितवन, साउन २७ –
नेकपा (एमाले) वडा कमिटी भरतपुर महानगरपालिका २९ को अध्यक्षमा नारायण थापामगर चयन भएका छन् । उनी दोश्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् ।

शनिबार सम्पन्न वडा अधिवेशनले थापामगरको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी चयन गरेको हो ।

अधिवेशनमा प्रमुख अतिथि जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज पुस्तक गौतम र विशिष्ट अतिथि पार्टी नेता धनकीलाल गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।


चितवन, साउन २७ ।
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरिएको छ । पूर्ण खोप घोषणा गरिएता पनि हरेक बर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले आज ९आइतबार० भरतपुरमा एक कार्यक्रमको आयोजना गरि पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरेको हो ।
तत्कालीन स्वास्थ्यमन्त्रीको उपस्थितिमा महानगरलाई २०७४मा पूर्ण खोप घोषणा गरिएको थियो । तर, कोभिड–१९ लगायतका समस्याका कारण औपचारिक घोषणा कार्यक्रम गरिएको थिएन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले पूर्ण खोप घोषणा गर्ने कार्य भन्दा दिगोपन दिनु महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो ।
भरतपुर महानगरपालिका मेडिकल सिटीका रुपमा परिचित भएकाले यसको साख कायम गर्न यस्ता कार्यक्रमहरुले विषेश महत्व राख्ने उहाँको भनाइ थियो ।
प्रमुख दाहालले महानगरले एक वडा एक स्वास्थ्य संस्थाको नीति लिइ विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको बताउनुभयो । आधारभूत स्वास्थ्य सेवा स्थानीय जनताको घर दैलोमा पु¥याउने गरी यसअघि मेयर स्वास्थ्य कार्यक्रममार्फत १७ हजार जेष्ठ नागरिकको घरमै पुगी स्वास्थ्य जाँच गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
जिल्ला समवन्य समितिका प्रमुख नारायण प्रसाद अधिकारीले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा गराउन काम गर्ने सम्पूर्ण सरोकारवाला पक्षलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा सम्पूर्ण महानगरवासीको लागि हर्ष र खुसीको विषय भएको उल्लेख गर्नुभयो ।
चितवनभन्दा बाहिरा बालबालिकाहरु छोटो समयका लागि भरतपुर बसोबास गर्न आउने जाने भएका कारण बालबालिका एकिन गर्न कठिनाई भएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिनुभयो । विषेश गरी भारत र तराई भेगका बालबालिकामा त्यस्तो समस्या पाइएको छ ।
आर्थिक वर्ष २०८०र०८१ माघ र फागनु महिनामा ३१ हजार ८ सय ११ घरधुरी स्वास्थ्यकर्मी स्वमसेविका पुगी १२ हजार ७ सय ६३ जना बालबालिकालाई पूर्ण खोप सर्वेक्षण गर्दा १ वटा पनि खोप नलगाएको ६ जना भेटिएको थियो । अभियानमा आंशिक खोप लगाइएको २२९ जना गरी कुल २३५ जना खोप लगाइएको थियो । जिल्ला खोप समवन्य समितिबाट २०८१ असार २६ गते पूर्ण खोप दिगोपना सुनिश्चिता प्रमाणिकरण गरिएको थियो ।
यो हरेक वर्ष पूर्ण खोपलाई निरन्तरता दिन यो कार्य गर्ने गरिन्छ । भरतपुर महानगरपालिकामा ७६ वटा खोप केन्द्रहरुबाट हरेक महिनाको ९ गतेदेखि १३ गतेसम्म खोप सञ्चालन हुँदै आएको छ । जसमध्ये ४४ वटा खोप केन्द्रहरु समुदायकस्तरमा सञ्चालन हुदै आएको छ ।
भरतपुर महानगरपालिकामा अन्र्तगत १ वटा प्रथामिक स्वास्थ्य केन्द्र, १३ स्वास्थ्य चौकी, १४ वटा आधारभूत स्वास्थ्य केन्द्र, ३ वटा नगर स्वास्थ्य केन्द्र, १ वटा स्वास्थ्य किल्निक, १ वटा मातृ शिशु किल्निक, ६ वटा आर्युवेद औषधालय र १ वटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन् ।
खोप वितरणका लागि ४ वटा कोल्ड चेन सहितको खोप वितरण केन्द्र रहेको छ । त्यसमध्ये एक वटा स्वास्थ्य शाखा, शारदानगर स्वास्थ्य चौकी, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र मेघौली स्वास्थ्य चौकी रहेका छन् ।

Subcategories