News

 

चितवन, साउन २७ ।
नेकपा (एमाले) वडा कमिटी भरतपुर महानगरपालिका ३ को अध्यक्षमा कृष्ण भण्डारी चयन भएका छन् । शनिबार सम्पन्न १३ औं वडा अधिवेशनले सर्वसम्मतबाट भण्डारीको अध्यक्षतामा ३२ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा राधिका बस्याल, सचिवमा महिन्द्र तिवारी, उपसचिव खुलातर्फ भरतबहादुर थापा राजु र उपसचिव महिलातर्फ गिता न्यौपाने चयन भएका छन् । अधिवेशनमा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्यहरु जेएन थपलिया र कृष्णभक्त पोखरेल, केन्द्रीय सल्लाहकार हरि सापकोटा, प्रदेश कमिटी सदस्यहरु रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, जिल्ला कमिटी चितवनका अध्यक्ष कमलराज पाठक, उपाध्यक्ष श्याम कुमार विष्ट, जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज रुद्र सुवेदी, जिल्ला कमिटी सदस्य सुदिप रेग्मी, महानगर अध्यक्ष शंकर थपलिया, उपाध्यक्ष दिलिप न्यौपाने, जननिर्वाचित वडाध्यक्ष विकाश थापा, पार्टी नेता खोमकान्त रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा स्वागत मन्तव्य वडा इन्चार्ज रुद्र सुवेदीले राखेका थिए भने महिन्द्र तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा वि।सं। २०४६ सालपूर्व पार्टी निर्माणमा योगदान पुर्याउने १६ जना अग्रहजहरुलाई सम्मान गरिएको छ । कृष्णप्रसाद बोलखे, भानुभक्त उपाध्याय, टिकाराम सुवेदी, लक्ष्मण शर्मा पौडेल, चिजकुमार श्रेष्ठ, खोमकान्त रेग्मी, सुभद्रा पोखरेल, अम्रित श्रेष्ठ, टेकबहादुर थापा, दुर्गाराज पन्त, चक्र रुचाल, चिन्तामणी पौडेल, गोकुलबहादुर थापा र स्व। खेमलाल पौडेल, स्व. शम्भु विष्ट, स्व। अन्नपूर्ण थापाका परिवारलाई समेत सम्मान गरिएको जिल्ला कमिटी उपाध्यक्ष श्याम कुमार विष्टले जानकारी दिए ।

गण्डकी, साउन २७ ।

कास्कीको रुपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समूहलाई रु २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ । सामुदायिक वन दिवसका अवसरमा ठूलो वन समूहद्वारा निर्मित हरियाली पार्कमा आयोजित वृक्षरोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले वन जोगाउन सफल सामुदायिक वन समूहलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गर्नुभएको हो । वन क्षेत्रमा आगो लगाउँदा जैविक विविधता, वनमा रहेका वनस्पति, जीवजन्तुसहित वातावरणीय असर पर्ने हुँदा त्यस्तो आपराधिक काम रोक्न पालिकाले चालु आर्थिक वर्षदेखि पुरस्कृत गर्ने अध्यक्ष ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डढेलोबाट वन जोगाउन सामूहिक प्रयासको खाँचो छ । वन संरक्षणमा लाग्ने, डढेलो लाग्ने नदिने समूहलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्नेछौँ ।”‘सामुदायिक वनको प्रभावकारिता, तीन तहको सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ जिल्ला महासङ्घको आयोजना एवं डिभिजन वन कार्यालय कास्की र ९युएसएआडी० जलजङ्गलको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा असोका, धुपी, तेजपात, अमलालगायत विभिन्न प्रजातिका ४० वटा बिरुवा रोपिएको थियो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएकी जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुमालले रोपिएका बिरुवाको संरक्षण गर्दै प्राकृतिक स्रोतलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिनुभयो । डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले सामुदायिक वन क्षेत्रमा रहेका पुराना रुख निकाल्न उपभोक्तालाई सुझाव दिँदै त्यसका लागि कार्यालयकोतर्पmबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ठूलो वन समूहका अध्यक्ष ईश्वर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदी, जिल्ला महासङ्घ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेलगायतले वन संरक्षण, प्रवर्द्धन र विकासमा योगदान गर्दै आएका उपभोक्ताले सहज रुपमा उपयोग गर्ने व्यवस्था हुनुपर्ने खाँचो औँल्याउनुभएको थियो । रासस

 

चितवन, साउन २७ ।
नेकपा (एमाले) वडा कमिटी खैरहनी नगरपालिका १० को अध्यक्षमा चन्द्रमान श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न वडा अधिवेशनले सर्वसम्मतिबाट श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा मञ्जु आचार्य, सचिवमा विक्रम चौधरी, उपसचिव महिलातर्फ हिरामाया दवाडी र उपसचिव खुलातर्फ दिनेशकुमार नेपाली चयन भएका छन् ।

Subcategories