News

 

चितवन, साउन २६ –
भरतपुर महानगर युवा संजालद्वारा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार राति सम्पन्न खेलमा अन्तर वडा क्लव पुरुष फुटसलको उपाधि वडा नम्बर ५ ले जितेको छ भने अन्तर संघसंस्था एवम् अन्तर वडा क्लव महिला फुटसलको उपाधि वडा नम्बर २३ ले जितेको छ । पुरुषतर्फ वडा नम्बर २२ दोश्रो भयो भने महिलातर्फ सोच परिवर्तन नेपालले दोश्रो स्थान प्राप्त गर्यो ।

खेल संयोजक हिरालाल आचार्य ‘डायमण्ड’ले विजेताहरुलाई पुरस्कार भने साउन २८ गतेको महानगरसँग युवा कार्यक्रमका दिन प्रदान गरिने बताए । भरतपुर महानगरपालिकाको सहकार्यमा युवा सञ्जालले अगस्ट १२ मा पर्ने अन्तर्राष्ट्रिय युवा दिवस विविध कार्यक्रम गरी सप्ताहव्यापी रुपमा मनाइरहेको छ । सोही सप्ताहव्यापी कार्यक्रमको समापन २८ गते हुँदैछ । उक्त दिन भरतपुर महानगर प्रमुख रेनु दाहाल र भरतपुरका युवाबीच अन्र्तक्रिया एवम् प्रश्नोत्तर कार्यक्रम हुने छ ।

फुटसलमा प्रथम हुनेलाई ५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्धित्तिय हुनेलाई ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोज आचार्यले बताए । फुटसलमा दर्ता शुल्क निुःशुल्क रहेको थियो ।

फुटसल प्रतियोगितमा सेन्ट्रल कलेजको मुख्य सहयोग रहेको थियो । प्रेसिडेन्सी कलेज र एसडीटेक कम्पनी सहयोगी संस्थाका रुपमा रहेका थिए ।

भरतपुर महानगर युवा संजाल नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्बाट संचालित १६–२४ वर्ष समुहका युवाहरुको समुह हो । भरतपुर महानगर युवा संजाल भरतपुर महानगरपालिकाको संरक्षणमा रहेको छ ।

रत्ननगर । पूर्वी चितवनको राप्ती नगरपालिकामा आइतबारबाट राजश्व संकलन सुरु हुने भएको छ । शुक्रबार सम्पन्न २३ औं कार्यपालिका बैठकले आर्थिक बर्ष २०८०÷८१ को आर्थिक ऐनमा टेकेर राजश्व संकलन गर्ने र त्यसको नगरसभाबाट अनुमोदन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिए । नगरसभा हुन नसक्दा साउन एक गतेबाट सो नगरपालिकामा राजश्व संकलनको काम रोकिएको थियो । २०८०÷८१ को आर्थिक ऐनमा टेकेर पुरानै दररेटमा आइतबारदेखि राजश्व संकलन गर्ने निर्णय भएको उनले बताए । १० महिलापछि बसेको कार्यपालिका बैठकले भदौं १६ गते नगरसभा गर्ने निर्णय गरेको छ । बैठकले विनियोजा विधेयक अर्को कार्यपालिका बैठकमा छलफल गर्ने, आर्थिक विधेयक २०८१ स्वीकृतका लागि नगरसभामा पेश गर्ने, लेखा समिति र न्यायिक समितिको प्रतिबेदन नगरसभामा पेश गर्ने निर्णय भएको मेयर शमशेर लामाले जानकारी दिए । कार्यपालिका बैठकले वडागत बजेटको सिलिङ तोकेको छ । वडा नं १, ६, ८, १०, ११, १२ र १३ लाई एक करोड ८५ लाख र अन्य ६ वटा वडालाई एक करोड ८० लाख नगरसभाबाट विनियोजना गर्ने गरी बजेटको सिलिङ तोकिएको उनले जानकारी दिए । एमाले र कांग्रेसका जनप्रतिनिधिले कार्यालिका बैठक र नगर सभाको माग गर्दै फागुन ९ गते मेयर शमशेर लामा र उपमेयर देवेन्द्र लामाको कार्यकक्षमा लगाएको ताला साउन २३ गते खुलेको थियो । नेपाली कांग्रेस, नेकपा एमाले र समाजबादी बीच आन्दोलन पक्षले ताला खोल्ने र मेयरले कार्यपालिका बैठकको मिति तोक्ने सहमति भएको थियो । उक्त सहमतिको आधारका मेयरले शुक्रबारलाई कार्यपालिका बैठक बोलाएका थिए । नगर सभा र कार्यपालिका बैठकको माग गर्दे यहाँका जनप्रतिनिधिहरुले उच्च अदालतसम्म मुद्दा दायर गरेका थिए । बहुमत जनप्रतिनिधिले हालेको मुद्दाको छिनोफानो भने भइसकेको छैन । कार्यपालिका बैठक नराखेको, नगरसभा नगरेको, मनोमानीरुपमा नगरपालिका सञ्चालन गरेकोलगायत विषय उठाएर उच्च अदालतमा मुद्दा दायर भएको हो । अदालतको फैसला आउनुअघि नै यहाँका राजनीतिक दलहरुको छलफलले विवाद समाधान खोजिएको हो । स्थानीय सरकार सञ्चालन ऐनमा कार्यपालिका बैठक महिनामा कम्तीमा एकपटक बस्नुपर्ने र ६÷६ महिनाको फरकमा बजेट अधिवेशन र हिउँदे नगरसभा गर्नुपर्ने उल्लेख छ । तर, चालू आर्थिक वर्षका लागि बजेट अधिवेशन हुन नसक्दा सेवा प्रवाह रोकिएको छ भने कर संकलन गर्न पाइएको छैन, जसको प्रत्यक्ष मारमा नगरवासी परेका छन् ।

चितवन, २५ साउन । तस्विर कोमल चन्द्र भगत । चितवनको भरतपुर–११ मा रहेको युनाइटेड टेक्निकल कलेज ९युटेक०ले स्नातक र स्नातकोत्तर तहमा चितवनमै पहिलोपटक नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । यसै शैक्षिक सत्रबाट कलेजले पोखरा विश्वविद्यालयको ब्याचलर अफ इन्जिनियरिङ इन इन्फोमेसन टेक्नोलोजी ९बिई आईटी० तथा मास्टर अफ साइन्स इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको पढाई सुरु गरेको कलेजका प्रिन्सिपल एवम् शैक्षिक निर्देशक प्रा।डा। केशवदत्त अवस्थीले जानकारी दिनुभयो । कलेजले बिईआईटीमा ४८ जना तथा एमएससी इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा हरेक ६ महिनामा ३० जना विद्यार्थी भर्ना लिनेगरी पोखरा विश्वविद्यालयबाट स्वीकृति प्राप्त गरेको अवस्थीको भनाइ छ । आज सुरु गरिएको कार्यक्रममध्ये चारवर्षे स्नातक कार्यक्रमका लागि १० लाख ६८ हजार रुपैयाँ खर्च हुने तथा स्नातकोत्तर कार्यक्रमका लागि पाँच लाख ५३ हजार रुपैयाँ शुल्क लाग्ने अवस्थीले बताउनुभयो । यसै अवसरमा कलेजमा अध्ययन गर्न भरतपुर महानगरपालिकाभित्रबाट भर्ना हुने विद्यार्थीहरुका लागि थप १५ प्रतिशत छुट दिइने तथा भरतपुर ११ का बासिन्दालाई थप सहुलियत प्रदान गरिने अवस्थीको भनाइ छ । त्यस्तै, आजै आयोजित एक भव्य समारोहकाबीच युटेकले नयाँ कार्यक्रमको शुभारम्भका साथै ‘जर्नल अफ युटेक इन्जिनियरिङ म्यानेटमेन्ट’को दोस्रो संस्करण समेत अनावरण गरेको उहाँको भनाइ छ । हाल कलेजले स्नातक तहमा बीई कम्प्युटर, बीई सिभिल, बीई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स तथा स्नातकोत्तर तहमा एमएससी इन कन्सट्रक्सन म्यानेजको अध्यापन गराइरहेको अवस्थीले बताउनुभयो । कलेजबाट हालसम्म पाँच सय भन्दा बढी इन्जिनियरहरु उत्पादन भइ विभिन्न क्षेत्रहरुमा सेवारत रहेका कलेजका प्रमुख प्रशासकीय अधिकृत विनोद ढकालले जानकारी दिनुभयो । हरेक शैक्षिकसत्रमा पोखरा विश्वविद्यालयबाट लिइने परीक्षामा युटेकबाट विद्यार्थीहरुले चार जिपिएसहित उत्कृष्ट नतिजा ल्याउने गरेका ढकालले बताउनुभयो ।

यस कलेजका विद्यार्थीहरुले डिन लिस्टमा समेत समावेश भइ कलेज तथा विश्वविद्यालय परिवारलाई गौरवान्वित बनाएका भन्दै ढकालले कलेजमा उत्कृष्ट आधुनिक ल्याब, पुस्तकालयका साथै हरेक कक्षामा पावर पोइन्ट प्रोजेक्टर तथा स्मार्ट बोर्डको माध्यमबाट पढाइ हुँदै आएको बताउनुभयो । कलेजमा रहेका युनाइटेड टेक क्लब र युनाइटेड रोबो क्लबमार्फत विद्यार्थीहरुले विभिन्न आविष्कारका नयाँ मोडलहरु तयार गर्दै आन्तरिक तथा अन्तरकलेज प्रतियोगितासमेत गर्दै आएका कलेजका अध्यक्ष चुडामणि खनालले बताउनुभयो । क्लबले २०२२ मा राष्ट्रिय स्तरको युटेक ह्याकाथन अल्फा, २०२३ मा राष्ट्रियस्तरको युनाइटेड टेक फ्युजन, रोबो फुटबल, प्रोजेक्ट डेमोस्टेसनलगायतका कार्यहरु गरेको खनालको भनाइ छ । कलेजले आगामी सेप्टेम्बर २२ मा ‘दिगो निर्माण, प्रविधि, व्यवस्थापन, चुनौती र अवसर’ विषयमा अन्तर्राष्ट्रिय गोष्टी गर्न लागेको उहाँले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका बाहिर इन्जिनियरिङका विषयहरुमा उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले विसं २०६५ मा स्थापना भएको युटेकले अन्तर्राष्ट्रिय गुणस्तर चिह्न आईएसओ ९००१ः२०१५ प्रमापत्र प्राप्त गर्नुका साथै नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी मान्यतासमेत पाएको खनालले बताउनुभयो । कलेजको नयाँ शैक्षिक कार्यक्रम शुभारम्भको अवसरमा प्रमुख अतिथि पोखरा विश्वविद्यालय प्रविधि तथा विज्ञान संकायका डिन प्राध्यापक राजेशकुमार ठगुराठीले नयाँ कार्यक्रमको अवसरका बारेमा प्रकाश पार्नुभएको थियो । यो विषयले यस क्षेत्रको आईटी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिनसक्नेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ । विश्वविद्यालयले विभिन्न चारवटा संकायमा अध्यापन गराउँदै स्नातकदेखि विद्यावारिधिसम्म झण्डै ६५ वटा कार्यक्रमहरु सञ्चालन गरिरहेको उहाँको भनाइ छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पुलचोक क्याम्पसका निर्देशक एवम् आईटी विज्ञ प्रा।डा। सुवर्ण शाक्यले बीई आईटीको बारेमा तथा पुलचोक क्याम्पसका उपप्राध्यापक एवम् ट्रान्सपोटेसन इन्जिनियरिङ विज्ञ डा। प्रदीप श्रेष्ठले एमएससी इन ट्रान्सपोटेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा शुक्रबार अनावरण गरिएको जर्नलका बारेमा जर्नलका प्रधान सम्पादक डा। अन्जय कुमार मिश्रले प्राध्यापकहरुको लेख रचना राख्न विदेशमा ठूलो रकम खर्च गर्नुपर्ने भन्दै आफूहरुले अनुसन्धानमा आधारित रहेर जर्नल प्रकाशन गरेको बताउनुभयो ।

Subcategories