News

साउन १२, चितवन । तस्विर कोमल चन्द्र भगत ।

नेकपा माओवादी केन्द्र वडा नंं ९ को पार्टी कार्यालयको आज एक समारोहका बिच उद्घाटन गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरमा छिट्टै नै ३० करोडका विकासका योजना सुरु गर्न लागेको बताउनु भएको छ । उक्त आयोजना सम्पन्न गर्न महानगर र सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास परियोजनाले लागत स्टिमेट तयार गरी साउन महिनामै बोलपत्र आह्वान गर्ने तयारीमा जुटेको मेयर दाहालले जानकारी दिनुभयो । विशेष गरी केरुङ्गा र पुँगी खोलाको नालीलाई व्यवस्थापन गरी सौन्दर्यकरण गर्न १५÷१५ करोडका आयोजनाहरु सञ्चालन गर्न लागेको प्रमुख दाहालको भनाइ छ । कार्यक्रममा प्रमुख दाहालले जनताको मागलाई सम्वोधन गर्ने गरी १५ करोडको योजना ९ नम्बर वडाबाटै अगाडि बढाइने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख दाहालले पुलचोक–गान्द्राङ ६ लेनसडकमा हरियाली प्रवद्र्धन गर्ने काम भइरहेको बताउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम सम्पन्न गर्न पुनः टेण्डर आह्वान गरी निर्माणको काम अघि बढाइएको बताउनु भयो । महानगरका मुख्य मुख्य सडक र राजमार्ग कालोपत्रे भइसकेको बताउँदै निर्माणाधीन सिटी हलको काम अन्तिम चरणमा पुगेको बताउनु भयो  । ‘दुई वर्षभित्रैमा रंगशाला निर्माण सम्पन्न हुने गरी काम अघि बढेको दाहालले प्रष्ट पार्नु भयो । नेकपा (माओवादी) केन्द्रकी केन्द्रीय सदस्य समेत रहेकी रेनु दाहालले गणतन्त्रको जग बसाल्ने हिमायती माओवादी केन्द्र भएकोले गर्व गर्न सक्नुपर्ने बताउँदै जनताको सुख, दुःखमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो। जनताको गुनासो सुन्ने गरी कार्यालय सञ्चालन गर्न पनि उनले पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो। कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम दाहाल अविनासले जनताको काम गरेर जित्ने एक नम्बर मेयर रेनु दाहाल भएको बताउँदै अब जनताको घरदैलोमा पुगेर समाजवादको आधार तयार पार्नुपर्ने बताउनु भयो । पूर्ण समानुपातिक निर्वाचन प्रणाली पार्टीको अडान भएको बताउँदै दाहालले सोही मुद्दा लिएर जनताको घरमा जान लागेको बताउनु भयो । नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जनताका गुनासा सुन्नेगरी पार्टी कार्यालय सञ्चालन गर्नुपर्ने बताउँदै एक नम्बर पार्टी बनाउन नयाँ गतिका साथ अघि बढ्ने बताउनु भयो। भरतपुर महानगर वडा नं. ९ का वडा अध्यक्ष यमलाल कँडेलले पार्टीको उद्देश्य अनुसार कार्यालय सञ्चालन गरी जनताका समस्या हल गर्नुपर्ने बताउनुभयो । वडा कमिटीका अध्यक्ष बुद्धिसागर न्यौपानेको सभापतित्वमा सचिव तेजेन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति यज्ञराज पौडेल, एकीकृत समाजवादीका वडा सचिव राकेश भण्डारी, राप्रपाका रुद्र सुवेदी, माओवादी केन्द्रका वडा उपाध्यक्ष हरिप्रसाद पन्त, मिलन महिला सचतेना समूहका अध्यक्ष लक्ष्मी कँडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पार्टीमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

 

 

 

साउन ६, चितवन । अमेरीका र नेपालमा छायांकन गरिएको फिल्म ‘तेल भिसा’को छायांकन सकिएको छ । फिल्मको ७० प्रतिशत दृष्य छयांकन अमेरिका र ३० प्रतिशत नेपालमा भएको थियो । मंसिर ७ बाट प्रदर्शनमा आउने यस फिल्मको पहिलो चरणको छायांकन अमेरिकामा भएको थियो । फिल्म छायांकनको अन्तिम दिन भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले इण्डक्लाप गर्नुभएको हो । उहांले भरतपुर भ्रमण वर्ष २०२४ चलिरहेका बेला ठुला बजेटका फिल्म भरतपुरमा छायांकन गरी पर्यटन प्रवद्र्धनमा सहयोग गरेकामा धन्यवाद दिदै फिल्मको सफलताको शुभकामना दिनुभयो ।

तेल भिसा फिल्मबाट निर्देशक शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा फर्किनु भएको छ । त्यस्तै नायिका ऋचा घिमिरेको पनि यो कमब्याक फिल्म हो । अमेरिकामा बस्दै आउनुभएकी घिमिरे १० वर्षपछि अभिनयमा फर्किनु भएको हो । फिल्ममा मुख्य भुमिकामा रहनु भएका अभिनेता विपिन कार्की दोहोरो भूमिकामा देखिनु भएको छ । फिल्ममा विपिन कार्की, ऋचा घिमिरे, वर्षा राउत, पूजा चन्द र बुद्धि तामाङको मुख्य भूमिका रहेको छ । वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ ।

रत्ननगर, साउन ६ । तस्विर : अंकित भगत ।  चितवनको सौराहामा ७ करोड लगानीको चन्द्रमा होटल एंड रेष्टुरेण्ट सञ्चालनमा आएकोछ । भरतपुर महानगरपालिका वडा नं. ९ शरदपुरका युवा व्यवसायी चेतराम गैरेले रत्ननगर वडा नं. ६ सौराहामा १७ कोठे सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएका हुन् ।


सन् २००९ सालबाट जापानको टोकियोबाट व्यवसाय सुरू गरेका युवा व्यवसायी गैरेले नेपालको तेस्रो पर्यटकीय नगरी सौराहामा पनि सुबिधा सम्पन्न होटल सञ्चालनमा ल्याएका हुन् । होटलमा एसि सहितको सुबिधा सम्पन्न कोठा, बिदेशि तथा आन्तरिक पर्यटकलाई स्वादिष्ट परिकारको व्यवस्था रहेको सञ्चालक गैरेको भनाई छ । कार्यक्रममा होटल सञ्चालक गैंरेलाई महाविर पुनको किताव खरिद गर्ने घोषणा समेत गरे । १ लाख बराबरको किताब खरिदका लागि गैरेले १ लाख रुपैंयाको चेक समेत प्रदान गरेका छन् । ।  होटलको एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय आविस्कार केन्द्र नेपालका अध्यक्ष डा. महाविर पुनले उद्धघाटन गरे ।कार्यक्रममा बोल्दै उनले सौराहाका होटलहरूले गुणस्तरीय सेवा सुबिधामा दिनुपर्नेमा जोड दिए ।

होटलका सञ्चालक गैरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रत्ननगर वडा नं . ६ का वडा अध्यक्ष किरण महतो, बाघमार वनका अध्यक्ष जित वहादुर तामाङ, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी लगाएतले मन्तव्य राखेका थिए । सौराहाका पुराना व्यवसायि तथा समाजसेवी पुरूषोत्तम लामिछानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा रेवानका पूर्व अध्यक्ष गोकर्ण गिरी, नेचर गाईड एसोशियसनका अध्यक्ष अनिल गुरूङ, बछौली चौकी प्रमुख श्याम थापा लगायत सौराहाका व्यवसायीहरूको सहभागिता रहेको थियो ।

Subcategories